मुख्य समाचार
क्यानडा क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पदबाट बाहिरिएका छन्
क्यानडा क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पदबाट बाहिरिएका छन्

। क्यानडा क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पदबाट बाहिरिएका छन् । देशाई नेपाली क्रिकेट टोलीका पनि पूर्वप्रशिक्षक हुन् ।

क्यानडाले मे महिनामा दोस्रोपटक देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदान र स्कटल्यान्डमा भएका दुई त्रिकोणात्मक सिरिजमा टोलीको जिम्मेवारी सम्हालेका थिए ।

लिग–२ मा चार खेल बाँकी रहँदा क्यानडा शीर्ष चारभन्दा ६ अंकले पछाडि छ । त्यसैले सन् २०२७ एकदिवसीय विश्वकपको यात्रामा टोली विश्वकप क्वालिफायर प्ले–अफ खेल्ने अवस्थामा पुगेको छ ।

देशाईले सामाजिक सञ्जालमार्फत आफ्नो बिदाइको पुष्टि गर्दै यो छोटो तर अर्थपूर्ण अध्याय रहेको बताएका छन् ।

‘छोटो अध्याय थियो, तर निकै अर्थपूर्ण। दिगो सफलता समय, विश्वास, तयारी, बलियो सम्बन्ध र सामूहिक जिम्मेवारीबाट निर्माण हुन्छ भन्ने मेरो विश्वास अझ बलियो भएको छ। खेलाडी, सहयोगी स्टाफ र यो यात्रामा साथ दिने सबैलाई धन्यवाद’ देशाईले लेखेका छन् ।

देशाईसँग दुई दशकभन्दा बढीको अन्तर्राष्ट्रिय प्रशिक्षण अनुभव छ । उनले यूएई, अफगानिस्तान, नेपाल र क्यानडाको राष्ट्रिय टोली सम्हालिसकेका छन् ।

नेपालमा उनको कार्यकाल विशेष सफल मानिन्छ। देशाईकै प्रशिक्षणमा नेपालले क्रिकेट विश्वकप लिग–२ मा ऐतिहासिक पुनरागमन गर्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो ।

उनले २०२४ टी–२० विश्वकपमा पनि नेपालको मुख्य प्रशिक्षकका रूपमा टोलीको नेतृत्व गरेका थिए ।

यसैबीच क्रिकेट क्यानडाले ५ दिनअघि १५ अगस्टमा नै प्रशिक्षक पदका लागि आवेदन खुलाएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम