मुख्य समाचार
सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय
सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय

। सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, हाल संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजारका दरले वृद्धि गर्ने निर्णय भएको हो ।

‘प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगीका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजारका दरले वृद्धि गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रकाशक एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अच्युत कुइकेलको इजलासले प्रेस काउन्सिको क्षेत्राधिकारको विषय भएकाले प्रकाशित समाचारको विषयमा श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको हो । उच्च अदालत पाटनले तीनवटा आधार देखाउदै पत्रकार श्रेष्ठलाई पक्राउ नगर्नु भनी आदेश दिएको हो । पहिलो, पत्रिकामा प्रकाशित समाचारको विषय ...
। गएको साउन महिनामा मात्रै ४० लाख सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको नेपाल आयल निगमले जनाएको छ । निगमले बुधबार तथ्यांक सार्वजनिक गर्दै साउनमा मात्र ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको जानकारी दिएको छ । यो मात्रा ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हो । निगमका अनुसार ...
। परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाने भएका छन् । अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१ औं महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलको टोली जाने भएको छ । उक्त टोलीको भ्रमणलाई मन्त्रिपरिषद्ले पनि स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त टोलीको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री ...
। दाङको घोराही उपमहानगरपालिका-७ स्थित बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बुधबार राति ८ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा अटोमा सवार ...
। सबै सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम र समितिका कर्मचारीले समेत बढेको तलबभत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयले सबै संस्थान तथा बोर्डलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो । तलब र भत्ता वृद्धि गर्दा अर्थ मन्त्रालयको सहमतिविना थप आर्थिक दायित्व हुने गरी कुनै पनि प्रकारका भत्ता र सुविधा वृद्धि नगर्न समेत भनेको छ । सरकारले १ ...