मुख्य समाचार
तीन वर्षीया बालिका हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडकमा अवरोध कायमै
तीन वर्षीया बालिका हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडकमा अवरोध कायमै

। तीन वर्षीया बालिका हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडकमा अवरोध कायमै रहेको छ ।

घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने लगायतका माग राखेर स्थानीयले बाराको सिमरामा प्रदर्शन गरेका कारण उक्त सडक खण्ड बुधाबर दिउँसो यता अवरुद्ध बनेको छ ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार अवरुद्ध सडक खुलाउने विषयमा बुधबार पटकपटक छलफल भए पनि आन्दोलनरत पक्षले अघि सारेका माग सम्बोधन गर्न नसक्ने अवस्था आएपछि नतिजा निस्कन नसकेको हो ।

‘बुधबार राति ११ बजेसम्म भएको छलफलमा आन्दोलनरत पक्षले डीएसपी सा’बलाई निलम्बन गर्नुपर्ने माग राख्नुभयो, जुन हाम्रो तहबाट सम्बोधन हुनसक्ने बिषय होइन,’ भट्टराईले भने ।

बलात्कारपछि हत्या गरिएकी जीतपुरसिमरा उपमहानगरपालिका-१ की गरिमा चौधरीको हत्यामा संलग्न व्यक्ति पक्राउ परिसके पनि प्रहरीले खोजीमा आवश्यक समन्वय नगर्दा घटना भएको आरोप आन्दोलनरत स्थानीयले लगाएका छन् ।

इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो नदिँदा बालिकाको हत्या भएको भन्दै स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको माग अघि सारेका छन् ।

प्रहरीले बालिका हराएको तीन दिनसम्म खोजी गर्न नसकेको, परिवारले किटानी जाहेरी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ ।

स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । मंगलबार साँझ शव भेटिएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । परिवारले शव भेटिनु अघि नै सोही २ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो । उक्त बैठकका निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– १. सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने । २. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार ...
। उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रकाशक एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अच्युत कुइकेलको इजलासले प्रेस काउन्सिको क्षेत्राधिकारको विषय भएकाले प्रकाशित समाचारको विषयमा श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको हो । उच्च अदालत पाटनले तीनवटा आधार देखाउदै पत्रकार श्रेष्ठलाई पक्राउ नगर्नु भनी आदेश दिएको हो । पहिलो, पत्रिकामा प्रकाशित समाचारको विषय ...
। गएको साउन महिनामा मात्रै ४० लाख सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको नेपाल आयल निगमले जनाएको छ । निगमले बुधबार तथ्यांक सार्वजनिक गर्दै साउनमा मात्र ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको जानकारी दिएको छ । यो मात्रा ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हो । निगमका अनुसार ...
। परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाने भएका छन् । अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१ औं महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलको टोली जाने भएको छ । उक्त टोलीको भ्रमणलाई मन्त्रिपरिषद्ले पनि स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त टोलीको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री ...
। सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, हाल संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजारका दरले वृद्धि गर्ने निर्णय भएको हो । ‘प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगीका ...