मुख्य समाचार
राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारे
राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारे

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लिङ्देनले नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन राप्रपाको समर्थन रहेको भन्दै बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताएका छन् ।

‘बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै दललाई समर्थन छैन,’ लिङ्देनले भनेका छन्,‘मुख्यमन्त्रीका लागि नेकपा एमालेका किरण थापाको समर्थनमा बुझाइएको पत्र पार्टी निर्णयविपरीत हो ।’

लिङ्देनले उक्त विषयबारे प्रदेश प्रमुखलाई जानकारी गराइसकेको उल्लेख गर्दै पार्टी निर्णयविपरीत क्रियाकलापमा संलग्न व्यक्तिहरूमाथि अनुशासनको कारबाही प्रक्रिया सुरु भइसकेको बताएका छन् ।

‘उक्त विषय हामीले प्रदेश प्रमुखसमक्ष जानकारी गराइसकेका छौं,’ उनले भनेका छन् ।

लिङ्देनले पार्टीको निर्णयविपरीत गतिविधिमा संलग्नहरूमाथि अनुशासनको कारबाही प्रक्रिया प्रारम्भ भइसकेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन् । जिम्मेवारी पाएसँगै रावलले देश, जनताको सेवामा निरन्तर सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् । रावल, सिस्ने गाउँपालिका–८ रूकुम पूर्वका हुन् ।
। थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै अनुचित प्रभावमा पार्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई ललितपुर बस्ने ५४ वर्षीय जितबहादुर घले छन् । उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क रहेको भन्दै उनले थुनामा रहेका व्यक्तिलाई छुटाइदिने आश्वासन देखाएर अनुचित प्रभावमा पारेको प्रहरीले बताएको छ । घलेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको ...
। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कांग्रेससँगको सहकार्य टुटेपछि प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता ...
। सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो । यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित ...
। सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको शुन्य समयमा सुदूरपश्चिमको विकासमा भएको ढिलाइ, सार्वजनिक बिदाको व्यवस्थापन, होल्डिङ सेन्टरको अवस्था र जनस्वास्थ्यका समस्या लगायतका विषय प्रमुखताका साथ उठेका हुन् । सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम प्रदेशको विकासमा केन्द्र सरकारले उपेक्षा गरेको आरोप लगाए । उनले सेती, कर्णाली र ...