मुख्य समाचार
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नियुक्त
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नियुक्त

। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्।

डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए । अध्यक्षका रूपमा उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल तथा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेका थिए।

उनले भरतपुर अस्पताललाई अन्य संस्थामा निर्भर नरहने गरी आफ्नै कानुनी आधारमा राष्ट्रिय चिकित्सा विज्ञान संस्थानको स्वरूपमा विकास गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका थिए।

स्वास्थ्य सेवा सुधार, सरकारी अस्पतालको व्यवस्थापन तथा चिकित्सा शिक्षाका विषयमा समेत डा. पौडेलले सार्वजनिक रूपमा धारणा राख्दै आएका छन् ।

सरकारी अस्पतालको क्षमता अभिवृद्धि गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिँदै आएका छन्। काउन्सिलको अध्यक्षका रूपमा अब उनले चिकित्सकीय पेशाको नियमन, चिकित्सकको व्यावसायिक आचरण तथा चिकित्सा शिक्षासँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्।

उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस उत्तीर्ण गरेका छन् । त्यसअघि उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए ।

डा. पौडेल नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आउँदो स्थानीय चुनावमा विदेशमा रहेका नेपालीले मताधिकार पाउने गरी ऐन ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग राखेका हुन् । ‘सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यो पटकको स्थानीय निर्वाचनमा संसारभर भएका नेपालीले भोट हाल्नका लागि जे जे गरिनुपर्छ त्यसलाई प्राथमिकतामा राखेर आजैबाट यसको काम सुरु गरियोस्,’ ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लिङ्देनले नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन राप्रपाको समर्थन रहेको भन्दै बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताएका छन् । ‘बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै दललाई समर्थन ...
। वैदेशिक रोजगार बोर्डले १० जना स्वयंसेवक कर्मचारी माग गरेको छ । बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम र सचिवालयको आवश्यकताअनुसार स्वयंसेवक कर्मचारी पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवार सदस्य, अंगभंग तथा बिरामी भएका श्रमिक, वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरूका परिवारका सदस्यबाट स्वयंसेवक ...
। सांसदहरूले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले उक्त घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको छानविन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका हुन् । बैठकमा रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया अबोध बालिकाको ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भुसालले साढे चार महिनामा पूर्वाधारमन्त्री सुनील लम्साल ५५ जिल्ला पुगेको विषयलाई पूर्वाग्रहले हुन नहुने आग्रह गरेका छन् । राजनीतिमा मतभेद भए पनि मानव्य संवेदनालाई भने ख्याल गर्नुपर्ने उनको आग्रह छ । मानवीय संवेदना, कर्तव्यबोध र निष्ठा राजनीति भन्दा माथि हुनुपर्ने भन्दै उनले लम्सालको बचाउ गरेका हुन् । जनताका समस्या र ...