। नेकपा एमालेले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको औंल्याएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
उनले बालेन्द्र सरकारको छाटो शासनकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमाथि गम्भीर प्रश्न खडा भएको बताए ।
अगाडि भनेका छन्, ‘रास्वपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउनसक्ने चिन्ता बढाएको छ ।’
रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण हुनुभन्दा ठीक एक दिन पहिले प्रधानमन्त्री बालेनको संसद्मा आकस्मिक आगमन भएको उनले बताए । अनि त्यस दिन सदनमा अस्वभाविक रुपमा प्रधानमन्त्रीले राष्ट्र विरोधी अभिव्यक्ति दिएको टिप्पणी गरे ।
१७ जेठमा प्रतिनिधिसभामा उपस्थित भएर प्रधानमन्त्री बालेन शाहले सांसदहरूका प्रश्न लिएर जवाफ दिएका थिए । त्यसक्रममा उनले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए ।
एकातिर यस्तो अभिव्यक्तिको लागि प्रधानमन्त्री तयार नभएको र अर्कोतिर भारतमा रास्वपा सभापति लामिछानेले भव्य स्वागत पाएको भनेर उनले यस्तो टिप्पणी गरेका हुन् ।
कतै नेपाल सिक्किमीकरणको प्रक्रियामा त छैन भनेर प्रश्न उठाए ।