मुख्य समाचार
सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसको नेता प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट बर्खास्त गरिएको प्रति आपत्ति
सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसको नेता प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट बर्खास्त गरिएको प्रति आपत्ति

। सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसको नेता प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट बर्खास्त गरिएको प्रति आपत्ति जनाएका छन् ।

अस्थायी राजधानी धनगढीमा बुधबार आयोजित एक कार्यक्रममा उनले प्रदेश सभा सदस्य देउवालाई बर्खास्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति आपत्ति जनाएका हुन् । ‘हाम्रो एउटा कुरामा गम्भीर ध्यानाकर्षण भएको छ, माननीय प्रकाश देउवालाई एक्कासी बर्खास्त गर्ने जुन निर्णय सभामुखले गर्नुभयो, यसका पछाडिको नियत के हो ?,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले प्रश्न गर्दै भने, ‘यो सम्बन्धित पक्षले स्पष्ट पार्न जरुरी हुन्छ ।’

कांग्रेस संवैधानिक पाटो र कानुनी बाटोका लागि खुला रुपमा छलफल गर्न तयार रहेको भन्दै उनले प्रदेश सभा सदस्यलाई बर्खास्त गर्दा एक पटक सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्नु प्राकृतिक न्यायको सिद्धान्त भएको जिकिर गरे ।

‘हाम्रा संवैधानिक पाटाहरू छन्, कानुनी बाटाहरू छन् । यो सबै कुरामा हामी खुला रुपले छलफल, बहस गर्न तयार छौं,’ शाहले भने, ‘हामी यो जायज हो अथवा नाजायज हो भन्दैनौं । तर, एउटा कुरा हामी प्रस्ट के भन्छौं भने कुनै पनि प्रदेश सभा सदस्यलाई हटाउँदै गर्दा प्राकृतिक न्यायको सिद्धान्तले पनि एकचोटी उसलाई सोध्नु पर्छ ।’

निवर्तमान मुख्यमन्त्री शाहले यसअघि पनि प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई हटाउँदा सर्वोच्च अदालतले ‘स्टे अर्डर’ जारी गरेको घटना पनि स्मरण गरे । ‘यसभन्दा पहिला पनि यस्तै किसिमका घटनाहरु भएका छन्,’ उनले भने, ‘सीमित उद्देश्य पूर्तिका लागि माननीय इन्दिरा गिरीजीलाई प्रदेश सभा सदस्यबाट हटाइयो, सर्वोच्चबाट त्यसको स्टे आएको छ ।’

शाहले सभामुखले दलीय अंकगणितलाई हेरेर कदमहरू अगाडि बढाउनु नहुनेमा जोड दिए । ‘यसमा सभामुख विशेष गरी गम्भीर हुनुपर्छ । सभामुख भइकेपछि सभामुखले दलीय मान्यतालाई आधार मानेर दलको निर्णय, दलको अंकगणित हेरेर आफ्ना कदमहरु अगाडि बढाउनु हुँदैन ।’

प्रदेश सभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भण्डारीले स्वीकृत गरेपछि कांग्रेसका प्रदेश सभा सदस्य देउवा मंगलबार मुक्त भएका थिए ।

प्रदेश सभा सचिवालयले पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएकाले देउवालाई संविधानअनुसार पद मुक्त गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आउँदो स्थानीय चुनावमा विदेशमा रहेका नेपालीले मताधिकार पाउने गरी ऐन ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग राखेका हुन् । ‘सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यो पटकको स्थानीय निर्वाचनमा संसारभर भएका नेपालीले भोट हाल्नका लागि जे जे गरिनुपर्छ त्यसलाई प्राथमिकतामा राखेर आजैबाट यसको काम सुरु गरियोस्,’ ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लिङ्देनले नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन राप्रपाको समर्थन रहेको भन्दै बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताएका छन् । ‘बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै दललाई समर्थन ...
। वैदेशिक रोजगार बोर्डले १० जना स्वयंसेवक कर्मचारी माग गरेको छ । बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम र सचिवालयको आवश्यकताअनुसार स्वयंसेवक कर्मचारी पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवार सदस्य, अंगभंग तथा बिरामी भएका श्रमिक, वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरूका परिवारका सदस्यबाट स्वयंसेवक ...
। सांसदहरूले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले उक्त घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको छानविन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका हुन् । बैठकमा रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया अबोध बालिकाको ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भुसालले साढे चार महिनामा पूर्वाधारमन्त्री सुनील लम्साल ५५ जिल्ला पुगेको विषयलाई पूर्वाग्रहले हुन नहुने आग्रह गरेका छन् । राजनीतिमा मतभेद भए पनि मानव्य संवेदनालाई भने ख्याल गर्नुपर्ने उनको आग्रह छ । मानवीय संवेदना, कर्तव्यबोध र निष्ठा राजनीति भन्दा माथि हुनुपर्ने भन्दै उनले लम्सालको बचाउ गरेका हुन् । जनताका समस्या र ...