मुख्य समाचार
बायर्न म्युनिखका जर्मन मिडफिल्डर जमाल मुसियाला खेलका क्रममा चार दिनको अन्तरालमा दोस्रोपटक कोल्याप्स
बायर्न म्युनिखका जर्मन मिडफिल्डर जमाल मुसियाला खेलका क्रममा चार दिनको अन्तरालमा दोस्रोपटक कोल्याप्स

। बायर्न म्युनिखका जर्मन मिडफिल्डर जमाल मुसियाला खेलका क्रममा चार दिनको अन्तरालमा दोस्रोपटक कोल्याप्स भएका छन् । मंगलबार हाइडेनहाइम विरुद्धको मैत्रीपूर्ण खेलमा मैदान प्रवेश गरेको केही मिनेटमै उनी अचानक ढलेपछि चिकित्सकीय टोलीले मैदानमै उपचार गरेको थियो ।

२३ वर्षीय मुसियाला यसअघि शनिबार आरबी लाइपजिगविरुद्धको मैत्रीपूर्ण खेलमा पनि खेलकै क्रममा कोल्याप्स भएका थिए । लगातार दोस्रो घटना भएपछि उनले आफूमा ‘न्युरोलोजिकल डिसफङ्सन’ देखिएको र त्यसको उपचार भइरहेको बताएका छन् ।

मुसियालाले सामाजिक सञ्जालमार्फत आफूलाई अस्थायी र छोटो समय रहने ‘एब्सेन्स सिजर’ देखिएको बताएका छन् । उनका अनुसार यो समस्या उपचार गर्न सकिने खालको छ ।

‘पहिलो नजरमा यी घटना डरलाग्दा देखिन सक्छन् । तर अहिलेका लागि यो मेरो दैनिक जीवनको एउटा हिस्सा मात्रै हो’ उनले भनेका छन् ।



उनले आफूले राम्रो चिकित्सकीय उपचार पाइरहेको र अवस्थाप्रति आशावादी रहेको बताएका छन् । बायर्न, परिवार तथा साथीहरूबाट निरन्तर साथ र सहयोग पाइरहेको पनि उनले उल्लेख गरेका छन् ।

मंगलबारको खेलपछि बायर्नका खेल निर्देशक म्याक्स एबर्लले क्लबलाई मुसियालाको अवस्थाबारे पहिल्यै जानकारी रहेको बताएका थिए ।

मुसियाला गत वर्षको क्लब विश्वकपका क्रममा खुट्टाको हड्डी भाँचिएपछि करिब ६ महिना मैदानबाहिर रहेका थिए । पुनरागमनपछि उनले २०२६ को विश्वकपमा जर्मनीका चारमध्ये तीन खेलमा सुरुवाती ११ बाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम