मुख्य समाचार
स्पेनका विश्वकप विजेता रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौतामा हस्ताक्षर
स्पेनका विश्वकप विजेता रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौतामा हस्ताक्षर

। स्पेनका विश्वकप विजेता रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बार्सिलोनाले करिब ६ करोड ५० लाख पाउन्ड शुल्क तिर्न सहमति जनाएसँगै उनी सन् २०१९ मा एथ्लेटिको म्याड्रिड छाडेपछि पहिलोपटक स्पेनिस फुटबलमा फर्किएका हुन् ।

आफ्नो नयाँ यात्राबारे बोल्दै रोड्रीले भने, ‘म मेरो करियरको यो नयाँ चरणलाई लिएर धेरै खुसी र उत्साहित छु । यो एउटा नयाँ चुनौती हो, नयाँ कुराहरू अनुभव गर्ने र फेरि त्यो उत्साह महसुस गर्ने अवसर हो ।’

उनले थपे, ‘म अत्यन्तै महत्वाकांक्षी क्लबमा आएको छु, जसले मेरो व्यक्तित्वलाई राम्रोसँग सुहाउँछ । त्यसैले यस सिजन हाम्रा उद्देश्यहरू पूरा गर्न म सक्दो सहयोग गर्ने प्रयास गर्नेछु ।’

रोड्रीले म्यानचेस्टर सिटीमा सात सिजन बिताएपछि क्लब छाडेका हुन् । यस क्रममा उनले २९८ खेल खेल्दै १२ वटा ठूला उपाधिहरू जिते । जसमा चार वटा प्रिमियर लिग, दुई वटा एफए कप, तीन वटा इएफएल कप र सन् २)२३ को च्याम्पियन्स लिग सामेल छन् ।

सिटीमा उनका पछिल्ला दुई सिजन चोटका कारण प्रभावित भएका थिए । तर विश्वकपमा उनी आफ्नो उत्कृष्ट लयमा फर्किए । स्पेनले दोस्रो पटक विश्वकपको ट्रफी उचाल्दा उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम