मुख्य समाचार
सरकारले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्वरोजगार प्रयोजनका लागि अधिकतम २० लाख मूल्य बराबरका सवारीसाधन खरिदमा शतप्रतिशत कर छुट दिने निर्णय
सरकारले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्वरोजगार प्रयोजनका लागि अधिकतम २० लाख मूल्य बराबरका सवारीसाधन खरिदमा शतप्रतिशत कर छुट दिने निर्णय

। सरकारले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्वरोजगार प्रयोजनका लागि अधिकतम २० लाख मूल्य बराबरका सवारीसाधन खरिदमा शतप्रतिशत कर छुट दिने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त निर्णयबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार नेपाल सरकारबाट स्वीकृत एकीकृत प्याकेज बमोजिम छुट दिइएको हो ।

सरकारले १५ लाख मूल्यसम्मका पेट्रोल–डिजेल वा कारोबार मूल्य २० लाख रुपैयाँसम्म भएका विद्युतीय सवारीसाधन आयातमा लाग्ने कर र महसुल पूर्णरूपमा छुट हुने भएको छ ।

तर, यो सूचीमा हिउँमा यात्रा गर्न बनेका गाडी, गल्फ कार र यस्तै गाडी तथा भन्सार शीर्षक ८७.०३ अन्तर्गतका स्टेसन वागन र रेसिङ कार तथा विभिन्न उपशीर्षकमा पर्ने अनएसेम्बल्ड अवस्थाका सवारीसाधन खरिदमा भने यो छुट पाइने छैन ।

मन्त्रालयका अनुसार यो छूट पाउन जेनजी आन्दोलनका सहिद परिवार, अतिगम्भीर तथा गम्भीर घाइते भनी खुलेको परिचयपत्र आवश्यक पर्ने छ । यो सुविधा चालु आर्थिक वर्ष २०८३/८४ का लागि मात्र मान्य हुनेसमेत अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले नेपालभित्र पैठारी हुने वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शववाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको छ ।

यसबाहेक यस्ता सवारीसाधनमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत पूर्णरूपमा छुट दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ । महाकाली नदीको बाढीबाट बर्सेनि नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा हुँदै आएको क्षति न्यूनीकरणका गर्न तटबन्ध निर्माण गरिएको हो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले रु ११ करोड ६५ लाख रकम खर्च गरेर उक्त तटबन्ध निर्माण ...
। रास्वपा सभापति रवि लामिछानेले आफूसँग प्रधानमन्त्री बालेन शाहको सम्बन्धमा कुनै समस्या नभएको जिकिर गरेका छन् । बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले बेला बेलामा सम्बन्ध बिग्रिएको समाचार आउँदा आफूहरू अझै नजिक हुन पाएको बताए । ‘हामीमा कुनै समस्या छैन, कुनै कन्फ्युजन छैन,’ उनले भनेका छन् । उनलाई सञ्चारकर्मीले केही समय अघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लो’ भएको ...
। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्। डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए । अध्यक्षका रूपमा उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल तथा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका रूपमा ...
। रास्वपा सभापति रवि लामिछानेले मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी नभएको प्रष्ट पारेका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । कुनै मन्त्रीहरूले सय वटा काम गरेको भए त्यसमा केही काममा प्रश्न उठ्ने विषय स्वभाविक रहेको उनले बताए । मन्त्री फेर्न लागेको हो ? भन्ने प्रश्नको जवाफ दिँदै लामिछानेले भने, ‘विल्कुल छैन ...
। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले अग्रगामी मोर्चामा प्रवक्ताको जिम्मेवारी पाएका छन् । मोर्चाको मंगलबार बसेको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसआधारमा राउतले विज्ञप्ति समेत निकालिसकेका छन् । मोर्चाले मोर्चाका घटक दलहरू आगामी प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने निर्णय समेत लिएका छन् । मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. चन्द्रकान्त ...