मुख्य समाचार
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नै अध्यक्ष जियानी इन्फान्टिनोको आलोचना गरेका चिफ अपरेटिङ अफिसर (सीओओ) केभिन लामोरलाई पदबाट हटाए
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नै अध्यक्ष जियानी इन्फान्टिनोको आलोचना गरेका चिफ अपरेटिङ अफिसर (सीओओ) केभिन लामोरलाई पदबाट हटाए

: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नै अध्यक्ष जियानी इन्फान्टिनोको आलोचना गरेका चिफ अपरेटिङ अफिसर (सीओओ) केभिन लामोरलाई पदबाट हटाएको छ। फिफाका प्रमुख सञ्चालन अधिकृत लामोरको सम्झौता सोमबार अन्त्य गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले कर्मचारीलाई इमेल पठाउँदै लामोरको बहिर्गमनबारे जानकारी गराएका थिए।

लामोरले केही साताअघि इन्फान्टिनोको नेतृत्वमा अघि बढाइएको फिफाको व्यावसायिक पुनर्संरचनासम्बन्धी योजनाको सार्वजनिक रूपमै आलोचना गरेका थिए। उक्त योजनाअन्तर्गत विश्वकपलगायत फिफाका प्रमुख प्रतियोगिताबाट हुने व्यावसायिक आम्दानी व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गरी त्यसमा निजी लगानीकर्तालाई २० प्रतिशतसम्म हिस्सेदारी दिने प्रस्ताव गरिएको थियो। प्रस्तावित कम्पनीको मूल्य करिब २० अर्ब अमेरिकी डलर हुने बताइएको थियो।

लामोरले उक्त योजनाबारे फिफाका कर्मचारीहरूलाई पर्याप्त जानकारी नदिएको र निर्णय प्रक्रिया पारदर्शी नभएको आरोप लगाएका थिए। उनले योजना ‘एक व्यक्तिको परियोजना’ भएको भन्दै यसलाई अघि बढाउन नहुने धारणा राखेका थिए। लामोरको आलोचनापछि इन्फान्टिनोमाथि दबाब थपिएको थियो। युरोपेली फुटबल महासंघ (यूईएफए) सहित एसियाली फुटबल महासंघ (एएफसी) र उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ) ले पनि उक्त व्यावसायिक योजनाको विरोध गरेका थिए। सबैतिरबाट व्यापक विरोधपछि इन्फान्टिनोले जुलाईको अन्त्यमा योजना अघि नबढाउने घोषणा गरेका थिए।

यसअघि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार तथा अमेरिकी फुटबलका पूर्वअध्यक्ष कार्लोस कोर्डेइरोले पनि सोही योजनाको विरोध गर्दै पदबाट राजीनामा दिएका थिए। लामोरको बर्खास्तीले फिफाभित्र इन्फान्टिनोको नेतृत्व र निर्णय प्रक्रियालाई लिएर रहेको असन्तुष्टि थप सतहमा ल्याएको छ। इन्फान्टिनो सन् २०२७ मा हुने फिफा अध्यक्षको निर्वाचनमा पुनः उम्मेदवारी दिने तयारीमा छन्। तर, पछिल्लो विवादपछि उनको नेतृत्वमाथि यूईएफएसहित विभिन्न राष्ट्रिय संघबाट प्रश्न उठ्न थालेका छन्। वेल्स, स्कटल्यान्डलगायत केही संघले उनको पुनर्निर्वाचनका लागि दिएको समर्थनसमेत फिर्ता लिएका छन्।

लामोरको बर्खास्तीलाई भने फिफाभित्र इन्फान्टिनोको आलोचनाप्रति नेतृत्वको कठोर कदमका रूपमा हेरिएको छ। फिफाले उनको बहिर्गमनको विस्तृत कारण सार्वजनिक नगरे पनि घटनाक्रम हेर्दा विवादास्पद व्यावसायिक योजनाविरुद्ध लामोरले लिएको अडानसँग यसको सम्बन्ध रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलिया क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान डेभिड वार्नरलाई मदिरा गरी सवारी चलाएको (ड्रिंक–ड्राइभिङ) मामिलामा एक हजार ५०० अस्ट्रेलियन डलर (करिब १ लाख रुपैयाँ) जरिवाना गरिएको छ । यससँगै शरीरमा मदिराको मात्रा रहेको पत्ता लगाएमा कार स्टार्ट हुनबाट रोकिने इन्टरलक उपकरण कारमा जडान गर्न पनि आदेश दिइएको छ । वार्नरले गत अप्रिलमा सिड्नीमा मदिरा सेवन गरी सवारी चलाएको ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि भिक्टोरिया सीए–११ ले बलियो टोली घोषणा गरेको छ । विल सदरल्यान्डको कप्तानीमा घोषणा गरिएको टोलीमा बिग ब्यास लिगमा खेलिसकेका तथा अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट टेस्ट खेलिसकेका खेलाडीसमेत छन् । भिक्टोरियाले टप एन्ड टी–२० मा नेपालको ए टोलीसँग पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले अगस्ट २९ मा भिक्टोरिया सीए–११ ...
। एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीले कर्नाटकसँगको पहिलो अभ्यास खेलमा ११६ रनको शानदार जित हासिल गरेको छ । नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको कर्नाटक २८ ओभरमा ७२ रनमै समेटियो । कर्नाटकका लागि शरथ श्रीनिवासले सर्वाधिक ३२ रन बनाए । उनले ६५ बलमा ३ चौका प्रहार गरे । रेवन्थ बैरीले १० ...
। फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामौरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ । फिफाको विवादास्पद ‘फिफा फवार्ड इन्टरप्राइज’ (एफएफई) योजनाको कडा आलोचना गरेको तीन साताभन्दा कम समयमै लामौर बर्खास्तीमा परेका हुन् । फिफाले सोमबार लामौरसँगको प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गर्ने सम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेको छ । फिफाका ...
। स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर सर्जियो बुस्केट्स प्रशिक्षक करिअर सुरु गर्न आफ्नो पुरानो क्लब बार्सिलोनामा फर्किएका छन् । ३८ वर्षीय बुस्केट्सले स्पेनको चौथो श्रेणीमा रहेको बार्सिलोना रिजर्भ टोली ‘बार्सा एथलेटिक’मा प्रशिक्षक जुलियानो बेलेत्तीको स्टाफका रूपमा काम गर्नेछन् । उनले प्रशिक्षकका लागि आवश्यक लाइसेन्ससमेत पूरा गर्नेछन् । बार्सिलोना एथलेटिक पछिल्लो समय लगातार कमजोर प्रदर्शन गर्दै दोस्रो श्रेणीबाट ...