मुख्य समाचार
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नै अध्यक्ष जियानी इन्फान्टिनोको आलोचना गरेका चिफ अपरेटिङ अफिसर (सीओओ) केभिन लामोरलाई पदबाट हटाए
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नै अध्यक्ष जियानी इन्फान्टिनोको आलोचना गरेका चिफ अपरेटिङ अफिसर (सीओओ) केभिन लामोरलाई पदबाट हटाए

: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नै अध्यक्ष जियानी इन्फान्टिनोको आलोचना गरेका चिफ अपरेटिङ अफिसर (सीओओ) केभिन लामोरलाई पदबाट हटाएको छ। फिफाका प्रमुख सञ्चालन अधिकृत लामोरको सम्झौता सोमबार अन्त्य गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले कर्मचारीलाई इमेल पठाउँदै लामोरको बहिर्गमनबारे जानकारी गराएका थिए।

लामोरले केही साताअघि इन्फान्टिनोको नेतृत्वमा अघि बढाइएको फिफाको व्यावसायिक पुनर्संरचनासम्बन्धी योजनाको सार्वजनिक रूपमै आलोचना गरेका थिए। उक्त योजनाअन्तर्गत विश्वकपलगायत फिफाका प्रमुख प्रतियोगिताबाट हुने व्यावसायिक आम्दानी व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गरी त्यसमा निजी लगानीकर्तालाई २० प्रतिशतसम्म हिस्सेदारी दिने प्रस्ताव गरिएको थियो। प्रस्तावित कम्पनीको मूल्य करिब २० अर्ब अमेरिकी डलर हुने बताइएको थियो।

लामोरले उक्त योजनाबारे फिफाका कर्मचारीहरूलाई पर्याप्त जानकारी नदिएको र निर्णय प्रक्रिया पारदर्शी नभएको आरोप लगाएका थिए। उनले योजना ‘एक व्यक्तिको परियोजना’ भएको भन्दै यसलाई अघि बढाउन नहुने धारणा राखेका थिए। लामोरको आलोचनापछि इन्फान्टिनोमाथि दबाब थपिएको थियो। युरोपेली फुटबल महासंघ (यूईएफए) सहित एसियाली फुटबल महासंघ (एएफसी) र उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ) ले पनि उक्त व्यावसायिक योजनाको विरोध गरेका थिए। सबैतिरबाट व्यापक विरोधपछि इन्फान्टिनोले जुलाईको अन्त्यमा योजना अघि नबढाउने घोषणा गरेका थिए।

यसअघि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार तथा अमेरिकी फुटबलका पूर्वअध्यक्ष कार्लोस कोर्डेइरोले पनि सोही योजनाको विरोध गर्दै पदबाट राजीनामा दिएका थिए। लामोरको बर्खास्तीले फिफाभित्र इन्फान्टिनोको नेतृत्व र निर्णय प्रक्रियालाई लिएर रहेको असन्तुष्टि थप सतहमा ल्याएको छ। इन्फान्टिनो सन् २०२७ मा हुने फिफा अध्यक्षको निर्वाचनमा पुनः उम्मेदवारी दिने तयारीमा छन्। तर, पछिल्लो विवादपछि उनको नेतृत्वमाथि यूईएफएसहित विभिन्न राष्ट्रिय संघबाट प्रश्न उठ्न थालेका छन्। वेल्स, स्कटल्यान्डलगायत केही संघले उनको पुनर्निर्वाचनका लागि दिएको समर्थनसमेत फिर्ता लिएका छन्।

लामोरको बर्खास्तीलाई भने फिफाभित्र इन्फान्टिनोको आलोचनाप्रति नेतृत्वको कठोर कदमका रूपमा हेरिएको छ। फिफाले उनको बहिर्गमनको विस्तृत कारण सार्वजनिक नगरे पनि घटनाक्रम हेर्दा विवादास्पद व्यावसायिक योजनाविरुद्ध लामोरले लिएको अडानसँग यसको सम्बन्ध रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम