मुख्य समाचार
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि भिक्टोरिया सीए–११ ले बलियो टोली घोषणा
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि भिक्टोरिया सीए–११ ले बलियो टोली घोषणा

। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि भिक्टोरिया सीए–११ ले बलियो टोली घोषणा गरेको छ ।

विल सदरल्यान्डको कप्तानीमा घोषणा गरिएको टोलीमा बिग ब्यास लिगमा खेलिसकेका तथा अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट टेस्ट खेलिसकेका खेलाडीसमेत छन् ।

भिक्टोरियाले टप एन्ड टी–२० मा नेपालको ए टोलीसँग पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले अगस्ट २९ मा भिक्टोरिया सीए–११ विरुद्ध खेल्ने तालिका छ ।

सदरल्यान्डले भिक्टोरियाको टोलीको नेतृत्व गर्नेछन् । उनी अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट ओडीआई समेत खेलिसकेका अलराउन्डर हुन् । बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सको कप्तानी पनि गर्छन् ।



टोलीमा अस्ट्रेलियाबाट टेस्ट खेलिसकेका अफस्पिनर टोड मर्फी पनि छन् । मर्फीले अस्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा समेत प्रभाव छाडिसकेका छन् र भिक्टोरियाको बलिङ आक्रमणका महत्वपूर्ण सदस्य हुन् ।

भिक्टोरियाको टोलीमा बिग ब्यास लिगमा चर्चित रहेका साम हार्पर, ह्यारी डिक्सन, टम रोजर्स, क्यालम स्टो र क्याम्पबेल केलावे पनि छन् । यी खेलाडीको उपस्थितिले टोलीलाई टप एन्ड टी–२० को बलियो टोलीका रूपमा उभ्याएको छ ।

भिक्टोरियाको टोलीमा माइकल आर्चर, अस्टिन एन्जेलजार्क, लियाम ब्ल्याकफोर्ड, साम इलियट, ह्यारी होक्स्ट्रा, ब्लेक म्याकडोनाल्ड, आर्यन शर्मा र ब्रोडी सिमोन्स पनि छन् ।

भिक्टोरिया सीए–११ टोली : विल सदरल्यान्ड (कप्तान), माइकल आर्चर, अस्टिन एन्जेलजार्क, लियाम ब्ल्याकफोर्ड, ह्यारी डिक्सन, साम इलियट, साम हार्पर, ह्यारी होक्स्ट्रा, क्याम्पबेल केलावे, ब्लेक म्याकडोनाल्ड, टोड मर्फी, टम रोजर्स, आर्यन शर्मा, क्यालम स्टो र ब्रोडी सिमोन्स ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम