मुख्य समाचार
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि भिक्टोरिया सीए–११ ले बलियो टोली घोषणा
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि भिक्टोरिया सीए–११ ले बलियो टोली घोषणा

। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि भिक्टोरिया सीए–११ ले बलियो टोली घोषणा गरेको छ ।

विल सदरल्यान्डको कप्तानीमा घोषणा गरिएको टोलीमा बिग ब्यास लिगमा खेलिसकेका तथा अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट टेस्ट खेलिसकेका खेलाडीसमेत छन् ।

भिक्टोरियाले टप एन्ड टी–२० मा नेपालको ए टोलीसँग पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले अगस्ट २९ मा भिक्टोरिया सीए–११ विरुद्ध खेल्ने तालिका छ ।

सदरल्यान्डले भिक्टोरियाको टोलीको नेतृत्व गर्नेछन् । उनी अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट ओडीआई समेत खेलिसकेका अलराउन्डर हुन् । बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सको कप्तानी पनि गर्छन् ।



टोलीमा अस्ट्रेलियाबाट टेस्ट खेलिसकेका अफस्पिनर टोड मर्फी पनि छन् । मर्फीले अस्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा समेत प्रभाव छाडिसकेका छन् र भिक्टोरियाको बलिङ आक्रमणका महत्वपूर्ण सदस्य हुन् ।

भिक्टोरियाको टोलीमा बिग ब्यास लिगमा चर्चित रहेका साम हार्पर, ह्यारी डिक्सन, टम रोजर्स, क्यालम स्टो र क्याम्पबेल केलावे पनि छन् । यी खेलाडीको उपस्थितिले टोलीलाई टप एन्ड टी–२० को बलियो टोलीका रूपमा उभ्याएको छ ।

भिक्टोरियाको टोलीमा माइकल आर्चर, अस्टिन एन्जेलजार्क, लियाम ब्ल्याकफोर्ड, साम इलियट, ह्यारी होक्स्ट्रा, ब्लेक म्याकडोनाल्ड, आर्यन शर्मा र ब्रोडी सिमोन्स पनि छन् ।

भिक्टोरिया सीए–११ टोली : विल सदरल्यान्ड (कप्तान), माइकल आर्चर, अस्टिन एन्जेलजार्क, लियाम ब्ल्याकफोर्ड, ह्यारी डिक्सन, साम इलियट, साम हार्पर, ह्यारी होक्स्ट्रा, क्याम्पबेल केलावे, ब्लेक म्याकडोनाल्ड, टोड मर्फी, टम रोजर्स, आर्यन शर्मा, क्यालम स्टो र ब्रोडी सिमोन्स ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नै अध्यक्ष जियानी इन्फान्टिनोको आलोचना गरेका चिफ अपरेटिङ अफिसर (सीओओ) केभिन लामोरलाई पदबाट हटाएको छ। फिफाका प्रमुख सञ्चालन अधिकृत लामोरको सम्झौता सोमबार अन्त्य गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले कर्मचारीलाई इमेल पठाउँदै लामोरको बहिर्गमनबारे जानकारी गराएका थिए। लामोरले केही साताअघि इन्फान्टिनोको नेतृत्वमा अघि बढाइएको फिफाको व्यावसायिक पुनर्संरचनासम्बन्धी ...
। अस्ट्रेलिया क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान डेभिड वार्नरलाई मदिरा गरी सवारी चलाएको (ड्रिंक–ड्राइभिङ) मामिलामा एक हजार ५०० अस्ट्रेलियन डलर (करिब १ लाख रुपैयाँ) जरिवाना गरिएको छ । यससँगै शरीरमा मदिराको मात्रा रहेको पत्ता लगाएमा कार स्टार्ट हुनबाट रोकिने इन्टरलक उपकरण कारमा जडान गर्न पनि आदेश दिइएको छ । वार्नरले गत अप्रिलमा सिड्नीमा मदिरा सेवन गरी सवारी चलाएको ...
। एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीले कर्नाटकसँगको पहिलो अभ्यास खेलमा ११६ रनको शानदार जित हासिल गरेको छ । नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको कर्नाटक २८ ओभरमा ७२ रनमै समेटियो । कर्नाटकका लागि शरथ श्रीनिवासले सर्वाधिक ३२ रन बनाए । उनले ६५ बलमा ३ चौका प्रहार गरे । रेवन्थ बैरीले १० ...
। फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामौरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ । फिफाको विवादास्पद ‘फिफा फवार्ड इन्टरप्राइज’ (एफएफई) योजनाको कडा आलोचना गरेको तीन साताभन्दा कम समयमै लामौर बर्खास्तीमा परेका हुन् । फिफाले सोमबार लामौरसँगको प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गर्ने सम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेको छ । फिफाका ...
। स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर सर्जियो बुस्केट्स प्रशिक्षक करिअर सुरु गर्न आफ्नो पुरानो क्लब बार्सिलोनामा फर्किएका छन् । ३८ वर्षीय बुस्केट्सले स्पेनको चौथो श्रेणीमा रहेको बार्सिलोना रिजर्भ टोली ‘बार्सा एथलेटिक’मा प्रशिक्षक जुलियानो बेलेत्तीको स्टाफका रूपमा काम गर्नेछन् । उनले प्रशिक्षकका लागि आवश्यक लाइसेन्ससमेत पूरा गर्नेछन् । बार्सिलोना एथलेटिक पछिल्लो समय लगातार कमजोर प्रदर्शन गर्दै दोस्रो श्रेणीबाट ...