मुख्य समाचार
जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह
जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह

। जाजरकोटमा बिरामीको संख्या बढिरहेको छ । तर, अस्पतालमा लामो समयदेखि पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या देखिएको छ ।

जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह गरिएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशिला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको जानकारी दिइन् ।

५० शैय्याको जिल्ला अस्तततालमा डाक्टर नहुँदा दैनिक उपचार सेवा प्रभावित भएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख सुनिल पुनले चिकित्सकको अभावका कारण सेवा प्रवाहमा समस्या गहिरो भएको बताए ।

यता मुख्यमन्त्री शाहीले जाजरकोट अस्पतालमा डाक्टरको व्यवस्थापन बारे आफू गम्भीर रहेको बताएका छन् ।

अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गए पनि पर्याप्त चिकित्सक नहुँदा नियमित सेवा सञ्चालनमा समस्या भएको छ । विशेषगरी पछिल्लो समय बाढीपहिरोका कारण घाइते तथा विस्थापित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको छ ।

ज्वरो, रुघाखोकी, चोटपटक तथा अन्य स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या बढे पनि जनशक्ति अभावका कारण प्रभावकारी सेवा दिन कठिन भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

अस्पतालमा चिकित्सकको अभाव हुँदा आकस्मिक तथा नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ सेवा र बिरामीको उपचारमा समेत असर परेको छ । सामान्य उपचारका लागि समेत बिरामीले लामो समय कुर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको गुनासो छ ।

जाजरकोटका दुर्गम बस्तीबाट उपचारका लागि जिल्ला अस्पताल आउने नागरिकका लागि चिकित्सक अभाव थप समस्या बनेको छ । जिल्लामा बाढीपहिरोको जोखिम बढिरहेका बेला घाइते तथा बिरामीको उपचारका लागि अस्पतालमा पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको छ ।

स्वास्थ्यकर्मीहरूले विपद्का बेला अस्पतालमा बिरामीको चाप अझ बढ्न सक्ने भएकाले तत्काल आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार जनशक्ति थप गर्न नसकिएमा विपद् प्रभावित नागरिकलाई समयमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन हुने अवस्था छ ।

स्थानीयवासीले जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सकको व्यवस्था गर्नुका साथै विशेषज्ञ चिकित्सकको नियमित सेवा उपलब्ध गराउन प्रदेश तथा संघीय सरकारसँग माग गरेका छन् । विपद्का बेला उपचार सेवामा थप दबाब पर्ने भएकाले तत्काल अस्थायी रूपमा भए पनि चिकित्सक थप गर्नुपर्ने उनीहरूको भनाइ छ ।

पहिरो विस्थापितमा ज्वरो र रुघाखोकीको समस्या



बाढी पहिरोबाट विस्थापित भएका स्थानीयबासीहरु विरामी भएका छन् । भेरी नगरपालिका–२/३ बाट विस्थापित भई विद्यालयमा बस्दै आएका विस्थापितहरुमा रुखाघोकी , ज्वारो देखिएको हो । जाँचको क्रममा ६९१ जनामा यस्तो समस्या देखिएको चिकित्सकले जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्थायी शिविरमा रहेकाहरुमा स्वास्थ्य समस्या देखिन थालेको हो ।

सोमबार भेरी नगरपालिका र कर्णाली प्रदेश अस्पताल, सुर्खेतबाट खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेल्टरमा रहेका ९० जना विस्थापितको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो विस्थापितहरुमा पछिल्ला दिनमा विस्थापितमा ज्वरो र रुघाखोकीका लक्षण देखिन थालेको भेरी नगरपालिकाको स्वजास्थ्य शाखाले जानकारी दिएको छ । खानेपानीका अधिकांश स्रोत प्रदूषित भएकाले सुरक्षित खानेपानीको व्यवस्थापन मुख्य चुनौती भएको बताएको छ ।

भेरी नगरपालिकाका वडा नं. १, २, ३ र ४ का विभिन्न बस्तीमा गएको पहिरोमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पहिरोका कारण सयौँ नागरिक विस्थापित भएका छन्। उनीहरू विद्यालय तथा अन्य सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेका छन् ।

वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा सुत्केरी आमासमेत सेल्टरमा रहेकाले पानीजन्य तथा कीटजन्य रोग फैलिन सक्ने जोखिम उच्च रहेको उनीहरूको भनाइ छ ।

नगरपालिकाले विस्थापित बसेका सेल्टरमा स्वास्थ्य डेस्क स्थापना गरी नियमित स्वास्थ्य परीक्षण तथा उपचार सेवा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका हुन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग (जलडमरूमध्य) पुनः सञ्चालन गर्न अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै ...
। वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् । ११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् । यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा ...
। जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् । स्वास्थ्य कार्यालय ...
। सुर्खेतको चौकुने गाउँपालिका–१० चालिखेकी ५६ वर्षीया देउमा कामीको सर्पको टोकाइबाट मृत्यु भएको छ । बुधबार बिहान घरमा हात धुने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनको मृत्यु भएको हो । मृतकका देवर बाल विंक अनुसार सर्पले टोकेपछि देउमालाई सुरुमा पश्चिम बाजुरा चौरस्थित पलाईतेको स्वास्थ्य संस्थामा लगिएको थियो । ...