मुख्य समाचार
नेपाली कांग्रेसले संविधान संशोधन सुझाव आयोग गठन गर्न माग
नेपाली कांग्रेसले संविधान संशोधन सुझाव आयोग गठन गर्न माग

: नेपाली कांग्रेसले संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। मंगलबार पार्टी कार्यालय सानेपामा गत साउन २४ देखि भदौ १ गतेसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको हो।

सर्वपक्षीय राजनीतिक संवाद र सहभागितामा संविधान संशोधनलाई अघि बढाउनुपर्ने भएपनि सरकार यसतर्फ गम्भीर नदेखिएको कांग्रेसको ठहर छ। बैठकले संसद तथा संसदीय समितिमा देखिएका अमर्यादित गतिविधिप्रति गम्भीर असहमति व्यक्त गर्दै जनप्रतिनिधिलाई उच्च राजनीतिक मर्यादा तथा संसदीय संस्कार कायम राख्न आग्रह गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

सरकारलाई संविधान र कानूनको सीमाभित्र रही शासन सञ्चालन गर्न, संवैधानिक निकायको स्वतन्त्रता कायम गर्न तथा नागरिक एवम् जनप्रतिनिधिप्रति पूर्ण जवाफदेही,पारदर्शी र परिणाममुखी शासन सुनिश्चित गर्न माग गरिएको उनले बताए। त्यस्तै बैठकले पारदर्शिताका नाममा सार्वजनिक आह्वान गरी गरिएका नियुक्तिमा अपारदर्शिता र राजनीतिक भर्ती केन्द्र बनाइएको भन्दै गम्भीर चासो व्यक्त गरेको प्रवक्ता चालिसेले बताए।

त्यसैगरी बैठकले सभापति गगन थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ। पार्टीको महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव पार्टी सभापति थापाले पेश गर्ने र जसमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्व दिइने उनले बताए।

कांग्रेसको विधानलाई समय सापेक्ष बनाउँदै पार्टी संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता चालिसेले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस सांसद बासना थापाले सरकारले जनतालाई आधारभूत राहतसमेत दिन नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले जनताले राहत र सिटामोलसमेत नपाउने तथा सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने अवस्था रहेको बताइन्। ‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर ...
: ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ मा एउटा सडक निर्माणका क्रममा उठेको जग्गा विवादले नेपालको चार दशक पुरानो जग्गा प्राप्ति कानुनमाथि सर्वोच्च अदालतको ध्यान तानेको छ। निजी जग्गा प्रयोग गरेर सडक बनाइसकेपछि मुआब्जा र क्षतिपूर्तिको माग गर्दै परेको मुद्दामा सर्वोच्चले सार्वजनिक सडक कायम राख्दै प्रभावित जग्गाधनीलाई कानुनबमोजिम मुआब्जा तथा क्षतिपूर्ति दिन आदेश दिएको छ। संघीय संरचनाअनुकूल नयाँ जग्गा ...
: राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि अध्ययन गर्न संसदीय छानबिन समिति गठनको आवश्यकता रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले बैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा नेपालीहरू अलपत्र पर्ने क्रम बढेकाले यसको समाधानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् । यस राष्ट्रिय ...
। तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ । बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म चार लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाको प्रमुख संरचनामध्ये रहेको ...
: नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तत्काल नेकपा एमालेसँग पार्टी एकता नहुने बताएका छन्। मंगलबार बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै एमालेसँग पार्टी एकता हुन्छ भन्ने भ्रममा नपर्न उनले आग्रह समेत गरेका हुन्। उनले चौथो महाधिवेशनबाट नेतृत्वमा रहेका मोहनविक्रम सिंह नेतृत्वको पार्टीबाहेक अन्य पार्टी नेकपामा एकीकृत भएको उल्लेख गरे। नेपालले यथास्थितिमा एमालेसँग पार्टी एकता ...