। हुम्लामा एक वर्षअघि बरामद गरिएको चिनियाँ अवैध मदिरा प्रहरीले नष्ट गरेको छ ।
अघिल्लो वर्ष कात्तिक २१ गते नाम्खा गाउँपालिका-३, लामाखोल्सीबाट बरामद भएको ४०२ अवैध चिनियाँ मदिरा मंगलबार प्रहरीले नष्ट गरेको हो ।
उक्त मदिरा ४ हजार ८२४ बोतल रहेको र त्यसको बजार मूल्य २४ लाख १२ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले बताए ।