मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। रास्वपाले भदौ ५ गते शुक्रबारका लागि बैठक बोलाएको हो। बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा विहान ११ बजे बस्ने रास्वपाको केन्द्रीय सचिवालयले जनाएको छ।

रास्वपा महामन्त्री विपीनकुमार आचार्यका अनुसार केन्द्रीय समितिमा पदाधिकारी मनोनीत गर्नेलगायत एजेण्डामा छलफल हुनेछ।

त्यस्तै स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण गर्ने, सांगठनिक व्यवस्थापन, आगामी योजनालगायत विषयमा छलफल हुने महामन्त्री आचार्यले बताए।

त्यस्तै सचिवालय सदस्य, विभागीय प्रमुख र स्थानीय निर्वाचनका लागि छनोट समितिसमेत मनोनीत गरिने रास्वपाले केन्द्रीय सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस सांसद बासना थापाले सरकारले जनतालाई आधारभूत राहतसमेत दिन नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले जनताले राहत र सिटामोलसमेत नपाउने तथा सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने अवस्था रहेको बताइन्। ‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर ...
: ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ मा एउटा सडक निर्माणका क्रममा उठेको जग्गा विवादले नेपालको चार दशक पुरानो जग्गा प्राप्ति कानुनमाथि सर्वोच्च अदालतको ध्यान तानेको छ। निजी जग्गा प्रयोग गरेर सडक बनाइसकेपछि मुआब्जा र क्षतिपूर्तिको माग गर्दै परेको मुद्दामा सर्वोच्चले सार्वजनिक सडक कायम राख्दै प्रभावित जग्गाधनीलाई कानुनबमोजिम मुआब्जा तथा क्षतिपूर्ति दिन आदेश दिएको छ। संघीय संरचनाअनुकूल नयाँ जग्गा ...
: राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि अध्ययन गर्न संसदीय छानबिन समिति गठनको आवश्यकता रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले बैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा नेपालीहरू अलपत्र पर्ने क्रम बढेकाले यसको समाधानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् । यस राष्ट्रिय ...
। तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ । बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म चार लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाको प्रमुख संरचनामध्ये रहेको ...
: नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तत्काल नेकपा एमालेसँग पार्टी एकता नहुने बताएका छन्। मंगलबार बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै एमालेसँग पार्टी एकता हुन्छ भन्ने भ्रममा नपर्न उनले आग्रह समेत गरेका हुन्। उनले चौथो महाधिवेशनबाट नेतृत्वमा रहेका मोहनविक्रम सिंह नेतृत्वको पार्टीबाहेक अन्य पार्टी नेकपामा एकीकृत भएको उल्लेख गरे। नेपालले यथास्थितिमा एमालेसँग पार्टी एकता ...