मुख्य समाचार
नेपाली कांग्रेसले अगामी असोज १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय
नेपाली कांग्रेसले अगामी असोज १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय

: नेपाली कांग्रेसले अगामी असोज १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। साउन २४ देखि भाद्र १ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैकले यस्तो निर्णय गरेको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले महाधिवेशनको निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । जसअनुसार भाद्र २ देखि १० गतेसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिर निर्वाचन प्रतिनिधिलाई केन्द्रीय निर्वाचन समितिले अभिमुखिकरण तालिकम प्रदान गर्नेछ ।

भाद्र ११ गते निर्वाचन अधिकृतलाई जिल्लामा खटाउने, १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाउने, १६ देखि २० गतेसम्म वडामा अभिमुखिकरण प्रदान गर्ने र भाद्र मसान्तभित्र सम्पन्न हुँन बाँकी नेपाली जनसम्र्पक समितिको अधिवेशन गर्ने कार्यतालिका छ।

भाद्र २४ गते वडा अधिवेशन गरेर क्षेत्रिय प्रतिनिधि चयन गरिने छ। यस्तै भाद्र २७ गते गाउँ तथा नगर अधिवेशन र भाद्र ३१ गते प्रदेश सभा क्षेत्रिय अधिवेशन गरिने छ।

असोज ३ गते प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन र कार्यसमिति निर्वाचन गर्ने कार्यतालिका छन् । यसैगरी असोज ७ गते जिल्ला अधिवेशन, १० गते प्रदेश अधिवेशन र १६, १७, १८ र १९ गते केन्द्रिय महाधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सडक संघर्षका लागि तयार रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार जनविरोधी र राष्ट्रिय स्वाधीनताको विपक्षमा देखिएकोले सडकबाट प्रतिवाद गर्नुपर्ने समय आएको बताएका छन्। संघीयता,धर्म निरपेक्षता, समावेशी र समानुपातिक लगायत परिवर्तनको मुख्य सम्बाहक आफूहरू रहेकाले नेपाली कम्युनिस्ट ...
। आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एम.एस. पालविरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार विशेष अदालतमा घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । अख्तियारको दाबी अनुसार, आर्थिक वर्ष ...
: नेपाली कांग्रेसले संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। मंगलबार पार्टी कार्यालय सानेपामा गत साउन २४ देखि भदौ १ गतेसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको हो। सर्वपक्षीय ...
। हुम्लामा एक वर्षअघि बरामद गरिएको चिनियाँ अवैध मदिरा प्रहरीले नष्ट गरेको छ । अघिल्लो वर्ष कात्तिक २१ गते नाम्खा गाउँपालिका-३, लामाखोल्सीबाट बरामद भएको ४०२ अवैध चिनियाँ मदिरा मंगलबार प्रहरीले नष्ट गरेको हो । उक्त मदिरा ४ हजार ८२४ बोतल रहेको र त्यसको बजार मूल्य २४ लाख १२ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट नेताहरुसंग आफू निरन्तर छलफलमा रहेको बताएका छन्। मंगलबार पार्टी कार्यालयमा १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाका लागी तोकिएका निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सभापति थापाले औपचारिक रुपमा पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएको बताए। सदस्यता वितरण र निष्पक्षताबारे कसैको पनि असन्तुष्टि, प्रश्न वा आशंका भएमा नयाँ समिति बनाएर ...