मुख्य समाचार
श्रम ऐन र सुरक्षा मापदण्ड पालनामा विभागको सक्रियता, ३ सय बढी प्रतिष्ठानको निरीक्षण
श्रम ऐन र सुरक्षा मापदण्ड पालनामा विभागको सक्रियता, ३ सय बढी प्रतिष्ठानको निरीक्षण

। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम अधिकारको रक्षा, बालश्रम नियन्त्रण, श्रम विवाद समाधान र आर्थिक भुक्तानी व्यवस्थापनमा सक्रियता देखाएको छ।

साउन महिनामा विभागले श्रमिकहरूको अधिकार र पारिश्रमिक भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आदेश र निर्देशन बमोजिम विभिन्न प्रतिष्ठानका श्रमिकहरूलाई १ करोड ४० लाख ५२ हजार ८ सय १५ रूपैयाँ बराबरको पारिश्रमिक भुक्तानी गराइएको छ।

श्रमिकहरूबाट निवेदन वा मुद्दा परी प्रतिष्ठान र श्रमिकबिच आपसी सहमतिमा ७२ लाख ७१ हजार ९ सय २७ भुक्तानी गराइएको छ। विभिन्न शीर्षकमा गरिएका दण्ड, जरिबाना तथा क्षतिपूर्ति बापत ७१ लाख ३५ हजार ३ सय ७१ रकम असुली गर्ने निर्णय गरेको छ।

विभागले बालश्रम उन्मुलनका लागि आफ्नो अनुगमनलाई तीव्र बनाएको छ। यस महिनामा मात्र देशैभर ३ सय ७१ वटा बालश्रम निरीक्षण गरिएका छन्। यसै क्रममा बालश्रम गराए बापत विभिन्न प्रतिष्ठान तथा व्यक्तिहरूलाई २ लाख २० हजार जरिबाना गरिएको छ।

श्रम ऐन र सुरक्षा मापदण्डको पालना गराउन विभागले देशभरका ३ सय ७१ वटा प्रतिष्ठान र १ सय ४२ वटा ‘ब्वायलर’को निरीक्षण गरेको छ। यसका साथै २१ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीहरूको निरीक्षण गरेको छ।

यस अवधिमा श्रमिकहरूका तर्फबाट ३ सय वटा व्यक्तिगत दाबी उजुरी र २६ वटा सामूहिक दाबी उजुरी दर्ता भएका थिए । जसमध्ये ८१ वटा श्रम विवाद आपसी समझदारी र कानुनी प्रक्रिया मार्फत समाधान गरिएका छन् । तर, यसै महिना एउटा औद्योगिक दुर्घटना दर्ता भएको छ, जसमा एक श्रमिकको मृत्यु भएको छ।

विभागले सेवा प्रवाहलाई थप मर्यादित र जनमुखी बनाउन विभिन्न सुशासनका सूचकाङ्कहरू लागु गरेको छ। गुनासो व्यवस्थापन तर्फ सेवाग्राहीहरूलाई ‘पहिले आउनेलाई पहिले सेवा’को आधारमा छिटोछरितो सेवा प्रदान गर्ने गरिएको विभागले जनाएको छ।

साथै, सेवाग्राहीहरूसँग शिष्ट र मर्यादित व्यवहार गर्ने, कार्यालयहरूमा उजुरी पेटिका राखी नियमित रूपमा त्यसको निरीक्षण गर्ने, मासिक रूपमा छलफल आयोजना गर्ने र गुनासो सुन्नका लागि प्रभावकारी जनसम्पर्क गर्ने कार्यहरू भइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सडक संघर्षका लागि तयार रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार जनविरोधी र राष्ट्रिय स्वाधीनताको विपक्षमा देखिएकोले सडकबाट प्रतिवाद गर्नुपर्ने समय आएको बताएका छन्। संघीयता,धर्म निरपेक्षता, समावेशी र समानुपातिक लगायत परिवर्तनको मुख्य सम्बाहक आफूहरू रहेकाले नेपाली कम्युनिस्ट ...
। आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एम.एस. पालविरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार विशेष अदालतमा घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । अख्तियारको दाबी अनुसार, आर्थिक वर्ष ...
: नेपाली कांग्रेसले संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। मंगलबार पार्टी कार्यालय सानेपामा गत साउन २४ देखि भदौ १ गतेसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको हो। सर्वपक्षीय ...
। हुम्लामा एक वर्षअघि बरामद गरिएको चिनियाँ अवैध मदिरा प्रहरीले नष्ट गरेको छ । अघिल्लो वर्ष कात्तिक २१ गते नाम्खा गाउँपालिका-३, लामाखोल्सीबाट बरामद भएको ४०२ अवैध चिनियाँ मदिरा मंगलबार प्रहरीले नष्ट गरेको हो । उक्त मदिरा ४ हजार ८२४ बोतल रहेको र त्यसको बजार मूल्य २४ लाख १२ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट नेताहरुसंग आफू निरन्तर छलफलमा रहेको बताएका छन्। मंगलबार पार्टी कार्यालयमा १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाका लागी तोकिएका निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सभापति थापाले औपचारिक रुपमा पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएको बताए। सदस्यता वितरण र निष्पक्षताबारे कसैको पनि असन्तुष्टि, प्रश्न वा आशंका भएमा नयाँ समिति बनाएर ...