मुख्य समाचार
एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीले कर्नाटकसँगको पहिलो अभ्यास खेलमा ११६ रनको जित हासिल
एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीले कर्नाटकसँगको पहिलो अभ्यास खेलमा ११६ रनको जित हासिल

। एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीले कर्नाटकसँगको पहिलो अभ्यास खेलमा ११६ रनको शानदार जित हासिल गरेको छ ।

नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको कर्नाटक २८ ओभरमा ७२ रनमै समेटियो । कर्नाटकका लागि शरथ श्रीनिवासले सर्वाधिक ३२ रन बनाए । उनले ६५ बलमा ३ चौका प्रहार गरे । रेवन्थ बैरीले १० रन र सन्तोष सिंहले ९ रन जोडे ।

अन्य ब्याटरहरू सस्तैमा आउट भए । लोचन गौडा २ रन, तुषार सिंह ०, समर्थ श्रीनिवास ०, सञ्जय अश्विन १, ऋतेश भटकल ६, सागर गौतम ०, कीर्ति एम ३ र आदित्य गोयल ६ रनमा आउट भए ।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । करण केसीले ५ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले पनि २-२ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४९ रन बनाए । उनले ७० बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनर देव खनालले ४३ बलमा ५ चौकासहित २७ रन बनाए भने इशान पाण्डेले ४९ बलमा ३ चौकासहित ३४ रनको योगदान दिए ।

सन्दीप जोराले ३७ बलमा २ चौकासहित २७ रन बनाए । बशिर अहमद २७ बलमा १९ रन बनाएर अविजित रहे । गुलशन झाले १६ बलमा ११ रन जोडे ।

रोहित पौडेल भने ८ बलमा ४ रन बनाएर आउट भए । करण केसी ७ बलमा खाता खोल्न नसकी पेभेलियन फर्किए । सन्दीप लामिछानेले ७ बलमा २ रन बनाए भने शेर मल्लले २ बलमा १ रन बनाए ।

नेपालको सुरुवात भने राम्रो रहेन । अर्जुन कुमाल चार बल सामना गरेर शून्य रनमै आउट भए । त्यसपछि आसिफ, देव र इशानले इनिङ सम्हाल्दै नेपाललाई प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढाएका थिए ।

कर्नाटकका लागि कीर्ति एमले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । आदित्य गोयल, अरविन्द कुमार राई, चिरन्त शिवरुद्र, सागर गौतम र समर्थ श्रीनिवासले समान एक–एक विकेट लिए ।

एसीसी प्रिमियर कपअघि नेपाली टोलीले तयारीस्वरूप कर्नाटकसँग अभ्यास खेल खेलिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम