। स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा राइड सेयरिङ कम्पनी इन्ड्राइभविरुद्ध आन्दोलन जारी छ। राइडर तथा चालकहरूको उचित हकहित, संरक्षण र न्यायपूर्ण भाडादरको माग गर्दै शान्तिपूर्ण आन्दोलन तथा विरोध कार्यक्रमहरू गरेका हुन्।
डिजिटल राइड–सेरिङसम्बन्धी नीतिगत सुधार गर्न, चालक तथा राइडरहरूको उचित पारिश्रमिक सुनिश्चित गर्न र श्रम शोषण बन्द गराउन दबाब दिने उद्देश्यले यो आन्दोलन गरिएको हो ।
वैज्ञानिक भाडादर कायम गरिनुपर्ने, श्रम शोषण तत्काल बन्द गरिनुपर्ने लगायत माग राखेर राइडरहरू आन्दोलनमा उत्रिएका हुन्। आज चालकहरूले बाइक र्यालीसमेत निकालेका थिए।