मुख्य समाचार
स्रोत र कोषको व्यवस्था नहुँदा सांसदहरू निरीह बन्नु परेको
स्रोत र कोषको व्यवस्था नहुँदा सांसदहरू निरीह बन्नु परेको

। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि (बुद्धिप्रसाद) पन्तले स्रोत र कोषको व्यवस्था नहुँदा सांसदहरू निरीह बन्नु परेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले सांसदहरूसँग स्रोत र कोष नहुँदा निर्वाचन क्षेत्रमा देखिएका सानातिना समस्या समेत समाधान गर्न नसकेर जनताका सामु निरीह बनेर फर्किनु परेको गुनासो गरे ।

निर्वाचन क्षेत्रका जनताले सांसदहरूसँग समस्या समाधानको आशा राख्नु स्वभाविक भएको तर सांसदहरूसँग त्यस्तो कुनै स्रोत र कोष नहुँदा आफूहरू टुलुटुलु हेरेर फर्किनु सिवाय अर्को कुनै विकल्प नभएको उनको भनाइ थियो ।

कतिपय समस्याहरू स्थानीय सरकारले नै न्यून बजेट र थोरै जनशक्ति परिचालन गर्दा पनि तुरुन्तै समाधान हुने खालका हुने उनले बताए ।



उनले भने, ‘कतै पानी जमेर दह बनेका सडकहरूमा २/४ ट्रयाक्टर ग्राबेल बिछ्याएर समाधान हुने समस्याको समेत निकास नदिँदा कतिका बच्चाहरू वर्षातमा स्कुल जान नसकेको पीडाहरू छन् । कहीँ स्कुल गएका बच्चाहरू कक्षा कोठामा २/४ थान डेस्क बेन्च समेत नहुदा भुइँमा बसेर पढ्नु परेको पीडा छ । कहीँ कक्षा कोठाहरूमा २/४ थान पंखा नहुँदा बच्चाहरू गर्मीले कक्षामै बेहोस भएका घटनाहरू पनि छन् ।’

उनले अगाडि भने, ‘वास्तवमा पहिलेका सरकारहरूमा संसदीय कोषको दुरुपयोग नगरिएको भए अहिले हामीले त्यसको सही सदुपयोग गर्न सक्ने रहेछौं भन्ने लाग्छ ।’

कहिलेकाहीँ उद्देश्य सही हुँदाहुँदै पनि पात्र र प्रवृत्ति गलत हुँदा विषय नै विकृत हुन पुगेका उदाहरणका रूपमा यसलाई लिन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद निश्कल राईले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानुनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको ...
। सरकारले अनलाइन माध्यमबाट व्यापार-व्यवसाय गरिरहेका सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन ताकेता गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो । विद्युतीय व्यापार ऐन २०८१ र निर्देशिका २०८२ अनुसार कानुनी प्रक्रिया पूरा नगरी ...
। माउन्ट एल्ब्रस आरोहणका क्रममा सम्पर्कविहीन भएका पर्वतारोहीहरूको टोलीको उद्धार गरिएको छ। रुसी आपतकालीन मन्त्रालयको काबार्डिनो-बाल्कारिया मुख्य निर्देशनालयले यो जानकारी दिएको छ। ‘माउन्ट एल्ब्रसमा उद्धार कार्य सफलतापूर्वक सम्पन्न भएको छ। आठ जना पर्वतारोहीको टोली खराब मौसममा फसेको थियो र उनीहरूलाई सेडल नजिकै फेला पारिएको थियो। यसबाहेक घटनास्थलमा पुगेपछि रुसी आपतकालीन मन्त्रालयका विशेषज्ञहरूले अर्को छ जना पर्यटकको ...
। नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले धनकुटाका जनताहरु निराशमा रहेको बताएका छन् । जीविका चलाउन गाँजा खेती गरेका युवाहरूले जेल भरिएको उनको भनाइ थियो। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गाँजा खेती एउटा आर्थिक समृद्धिको बाटो भएको बताए। नेपालको हावापानी सुहाउँदो हिमाल, पहाड र तराईमा गाँजा खेती हुने भन्दै उनले यस निम्ति निम्ति कानुन बनाउन आवश्यक रहेको ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को ‘हवाई सुरक्षा सूची’ (एयर सेफ्टी लिस्ट) बाट हटाउन सरकारले प्राविधिक, संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको जानकारी दिएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसद निश्कल राईले राखेको प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका ...