मुख्य समाचार
कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ
कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ

। नेपाली कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ ।

केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न मंगलबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन् ।

कांग्रेसले १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको हो ।

‘भदौ महिनामा हुन सक्ने अत्यधीक वर्षाका कारण वडा–पालिकामा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखी निर्धारित समयमै केन्द्रीय महाधिवेशनलाई सम्पन्न हुने सुनिश्चितता कायम गर्दै केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समिितसँग समन्वय गरी तल्लो तहका निर्वाच्न कार्यतालिका आवश्यक सामान्य हेरफेर गर्न सक्ने छ,’ प्रवक्ता चालिसेले भने ।

यसअघि कांग्रेसले २ भदौ अर्थात आज (मंगलबार)देखखि वडा अधिवेशन गर्ने गरी केन्द्रीय कार्यसमितिबाट कार्यतालिका पारित गरेको थियो ।

प्रवक्ता चालिसेले महाधिवेशन तयारीका लागि आवश्यक समितिहरू गठन गर्ने र तिनका संयोजक र सदस्यहरू नियुक्त गर्ने जिम्मेवारी पार्टी सभापति गगन थापालाई दिइएको पनि जानकारी दिए ।

कांग्रेसले महाधिवेशनलाई प्राविधिक निर्वाचन प्रक्रियामा सीमित नराखी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको महाउत्सवका रूपमा सम्पन्न गर्ने वातावरण निर्माण भइरहेको चालिसेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार, संसदीय दलको विधान संशोधन कार्यदल बनाइएको हो । ‘आवश्यकता अनुसार संसदीय दलको विधान संशेधन गर्न मुख्य सचेतकको नेतृत्वमा विधान संशोधन कार्यदल बनेको छ,’ उनले जानकारी दिए । बुधबार रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसदहरू र मन्त्रीहरूलाई एकै ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसदहरूले निर्वाचन क्षेत्रकेन्द्रित र सरकारको कामकारबाहीकेन्द्रित विषय उठाएका छन् । सांसदले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ पनि दिए । सभापति लामिछानेको आह्वानमा बुधबार रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा सांसद र मन्त्रीहरू समेतको उपस्थितिमा बैठक बसेको हो । यसबारे जानकारी दिँदै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले ...
। नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन् । जिम्मेवारी पाएसँगै रावलले देश, जनताको सेवामा निरन्तर सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् । रावल, सिस्ने गाउँपालिका–८ रूकुम पूर्वका हुन् ।
। थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै अनुचित प्रभावमा पार्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई ललितपुर बस्ने ५४ वर्षीय जितबहादुर घले छन् । उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क रहेको भन्दै उनले थुनामा रहेका व्यक्तिलाई छुटाइदिने आश्वासन देखाएर अनुचित प्रभावमा पारेको प्रहरीले बताएको छ । घलेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको ...
। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कांग्रेससँगको सहकार्य टुटेपछि प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता ...