मुख्य समाचार
नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण
नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण

। नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।

साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक ९स्ववासी० जग्गाको नापजाँच आर्थिक वर्ष २०७२र७३ मा सम्पन्न भएको थियो।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ५७ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार, संसदीय दलको विधान संशोधन कार्यदल बनाइएको हो । ‘आवश्यकता अनुसार संसदीय दलको विधान संशेधन गर्न मुख्य सचेतकको नेतृत्वमा विधान संशोधन कार्यदल बनेको छ,’ उनले जानकारी दिए । बुधबार रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसदहरू र मन्त्रीहरूलाई एकै ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसदहरूले निर्वाचन क्षेत्रकेन्द्रित र सरकारको कामकारबाहीकेन्द्रित विषय उठाएका छन् । सांसदले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ पनि दिए । सभापति लामिछानेको आह्वानमा बुधबार रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा सांसद र मन्त्रीहरू समेतको उपस्थितिमा बैठक बसेको हो । यसबारे जानकारी दिँदै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले ...
। नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन् । जिम्मेवारी पाएसँगै रावलले देश, जनताको सेवामा निरन्तर सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् । रावल, सिस्ने गाउँपालिका–८ रूकुम पूर्वका हुन् ।
। थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै अनुचित प्रभावमा पार्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई ललितपुर बस्ने ५४ वर्षीय जितबहादुर घले छन् । उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क रहेको भन्दै उनले थुनामा रहेका व्यक्तिलाई छुटाइदिने आश्वासन देखाएर अनुचित प्रभावमा पारेको प्रहरीले बताएको छ । घलेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको ...
। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कांग्रेससँगको सहकार्य टुटेपछि प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता ...