मुख्य समाचार
जापानी राजदूत अकिरा मुटो रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिए
जापानी राजदूत अकिरा मुटो रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिए

। जापानी राजदूत अकिरा मुटो मंगलबार बिहान रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल टापुको इटुरुप भ्रमण गरेका थिए। उक्त भ्रमणलाई लिएर टोकियोले विरोध जनाएको थियो। सोही विरोधपछि रुसी विदेश मन्त्रालयले जापानी राजदूतलाई बोलाएको हो।

टासका पत्रकारको प्रश्नमा रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सुरुमा जापानी दूतावासले अलमल गरेको बताएका छन्। दूतावासले कुनै स्पष्ट कारण नदिई अगस्ट १४ वा अगस्ट १७ मा राजदूत मन्त्रालय आउन नसक्ने जनाएको थियो।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले लाभरोभको टिप्पणीपछि मुटोको ‘अचानक स्वास्थ्य सुधार भएको’ र अगस्ट १८ मा आउने निर्णय गरेको जनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...
। यमनको अंसार अल्लाह विद्रोही समूह हुथीले साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोको जाजानस्थित तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेका छन् । हुथी नियन्त्रित साबा समाचार एजेन्सीले एक सैन्य स्रोतलाई उद्धृत गर्दै यो समाचार सार्वजनिक गरेका हुन् । सैन्य स्रोतले समाचार एजेन्सीलाई भनेका छन् , ‘यमेनी सशस्त्र बलहरूले जाजानस्थित अरामको तेल रिफाइनरीमा धेरै ड्रोनहरूले आक्रमण गरे।’ स्रोतले बताए अनुसार ...
। लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले विगत दुई सातामा दक्षिण लेबनानमा इजरायलको सैन्य गतिविधि उल्लेखनीय रूपमा बढेको जनाएको छ। युनिफिलले एक्समा लेखेको छ, ‘विगत दुई सातामा दक्षिण लेबनानमा इजरायली सैन्य गतिविधिमा ठूलो वृद्धि देखिएको छ। अगस्ट ५ देखि १६ को बीचमा युनिफिलले दैनिक औसत १३७ वटा प्रक्षेपास्त्र प्रहार भएको रेकर्ड गरेको छ, जसमा ...
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका साझेदार देशहरूका लागि नयाँ नियम बनाएका छन् । उनले एउटा क्षेत्रमा आफ्नो विरोध गर्ने देशलाई अर्को क्षेत्रमा त्यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकाका सहयोगी देशहरूमाथि दबाब बढाएका छन् । उनले ती देशका नेताहरूलाई अपमानित गरेका छन् । उनले व्यक्तिगत र राजनीतिक हिसाब चुक्ता गर्न दशकौँ पुराना ...
: इरानी सेनाले कुनै पनि अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई ३० हजार अमेरिकी डलर (करिब ४५ लाख नेपाली रुपैँया) पुरस्कार दिने घोषणा गरेको छ। यदि यो कार्य कुनै महिलाले गरेमा पुरस्कार रकम दोब्बर अर्थात् ६० हजार डलर पुर्‍याइने इरानी सेनाले जनाएको छ। साथै, आक्रमणमा प्रयोग गरिएको हतियार खरिद गरी संग्रहालयमा राखिनेछ। तेहरानमा आयोजित एक ...