मुख्य समाचार
सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट
सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट

। नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छिन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाएकी हुन् । बैठकमा बोल्दै सांसद खातुनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको प्रतिवाद गरिन् ।

प्रतिपक्षले आवाज उठाउँदा ‘गुण्डा’को संज्ञा दिनु शोभनीय नभएको तर्क गर्दै उनले प्रतिपक्ष दल सधैँ देश र जनताको हितमा उभिने बताइन् ।

‘एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफैं मलम लगाउन तयार भएको अभिनय गर्ने कार्य स्वीकार्य छैन,’ उनले भने, ‘हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौं, तर सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौं ।’



आफ्नो सम्बोधनका क्रममा उनले सिराहामा प्रहरीले चलाएको गोलीको विषयलाई लिएर सरकारको जवाफदेहिता माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। केहीबेरअघि बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। त्यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। मुख्यमन्त्रीको कुर्सीका लागि एमाले नेताहरू बीच विवाद चर्किरहेको बे‍ला संसदीय दलको बैठकले टुंग्याएको हो। एमाले र ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि (बुद्धिप्रसाद) पन्तले स्रोत र कोषको व्यवस्था नहुँदा सांसदहरू निरीह बन्नु परेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले सांसदहरूसँग स्रोत र कोष नहुँदा निर्वाचन क्षेत्रमा देखिएका सानातिना समस्या समेत समाधान गर्न नसकेर जनताका सामु निरीह बनेर फर्किनु परेको गुनासो गरे । निर्वाचन क्षेत्रका जनताले सांसदहरूसँग समस्या समाधानको आशा राख्नु स्वभाविक भएको ...
। नेपाली कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ । केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न मंगलबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन् । कांग्रेसले १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई ...
। नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक ९स्ववासी० जग्गाको नापजाँच आर्थिक वर्ष २०७२र७३ मा सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून ...
। जाजरकोटको नलगाड नगरपालिका–१३ मा अविरल वर्षापछि आएको भलबाढी र पहिरोका कारण १९ घरपरिवार प्रभावित भएका छन् । लगातारको वर्षासँगै वडाका विभिन्न स्थानमा जमिन चिरिने, भासिने र बग्ने क्रम बढेपछि बस्तीहरू जोखिममा परेका छन् । वडा कार्यालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार फुम्दा, खातिगुर्तालगायतका क्षेत्रमा १९ घरपरिवार प्रभावित भएका हुन् । केही घर तथा टहरा पूर्णरूपमा क्षतिग्रस्त ...