मुख्य समाचार
फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामौरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ
फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामौरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ

। फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामौरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ । फिफाको विवादास्पद ‘फिफा फवार्ड इन्टरप्राइज’ (एफएफई) योजनाको कडा आलोचना गरेको तीन साताभन्दा कम समयमै लामौर बर्खास्तीमा परेका हुन् ।

फिफाले सोमबार लामौरसँगको प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गर्ने सम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेको छ । फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले कर्मचारी तथा फिफा काउन्सिलका सदस्यलाई पठाएको सन्देशमा संस्था र लामौरले आपसी सहमतिमा अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् ।
तर लामौरको बर्खास्तगी फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विवादास्पद व्यावसायिक योजनाको आलोचनासँग जोडिएको हुन सक्ने आशंका गरिएको छ । फिफाले भने उनको बर्खास्तगीको कारण खुलाएको छैन ।

गत महिना लामौरले इन्फान्टिनोको नेतृत्वमा अघि बढाइएको एफएफई योजनाको सार्वजनिक रूपमा आलोचना गरेका थिए । उनले उक्त योजनालाई ‘एक व्यक्तिको परियोजना’ भन्दै फिफाको प्रशासन नै त्यसबाट ‘छलिएको’ बताएका थिए ।

एफएफईमार्फत विश्वकपसहित फिफाका सबै प्रतियोगिताको व्यावसायिक तथा टिकट बिक्री अधिकार व्यवस्थापन गर्ने र कम्पनीको २१ प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना अघि सारिएको थियो ।

तर युरोपेली फुटबल महासंघ (यूईएफए), उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कनकाकाफ) र एसियाली फुटबल महासंघ (एएफसी) सहित विभिन्न पक्षबाट चर्को विरोध भएपछि योजना स्थगित गरिएको थियो ।

लामौरले फिफाको प्रशासनमा कार्यरत सयौं कर्मचारी फुटबलको सेवामा समर्पित रहेको भन्दै अध्यक्षले सबैलाई एकताबद्ध गर्नुपर्नेमा अहिले त्यसको ठीक विपरीत अवस्था देखिएको टिप्पणी गरेका थिए ।

उनले आफ्नो रोजगारदाताप्रतिको जिम्मेवारीसँगै केही निश्चित मूल्य र आफ्ना सहकर्मीप्रतिको जिम्मेवारी पनि रहेको बताएका थिए । त्यस क्रममा उनले आफ्नो आलोचनाका कारण जागिर गुमाउनुपरे पनि त्यसलाई स्वीकार गर्ने बताएका थिए ।

फिफाभित्रै बढेको विवाद

एफएफई योजनाको विरोध फिफाभित्र मात्र सीमित थिएन । यूईएफएले योजना अघि बढे विश्वकप बहिष्कारसम्म गर्ने चेतावनी दिएको थियो । योजना अन्ततः रोकिएपछि यूईएफए र कनकाकाफले आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनमा इन्फान्टिनोलाई दिँदै आएको समर्थनसमेत फिर्ता लिएका छन् ।

इन्फान्टिनो चौथोपटक फिफा अध्यक्ष बन्ने तयारीमा छन् । यद्यपी अफ्रिका, दक्षिण अमेरिका र ओसियानाका फुटबल महासंघले उनको उम्मेदवारीलाई समर्थन गरेका छन् । मेक्सिकोसहित कनकाकाफका केही सदस्य राष्ट्रले भने आफ्नै महासंघको निर्णयविपरीत इन्फान्टिनोलाई समर्थन गरेका छन् ।

यसै क्रममा बेलायतका फुटबल संघहरू पनि इन्फान्टिनोको समर्थनबाट पछि हटिरहेका छन् । स्कटल्यान्ड पछिल्लो समय इन्फान्टिनोलाई समर्थन नगर्ने घोषणा गर्ने संस्था बनेको छ । यसअघि इंग्ल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड र आयरल्यान्डले पनि समर्थन फिर्ता लिइसकेका छन् ।

यूईएफएबाट फिफासम्मको यात्रा

लामौरले सन् २०२४ नोभेम्बरमा फिफाको प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनी यूईएफएका उपमहासचिवका रूपमा कार्यरत थिए । फिफामा उनी इन्फान्टिनोभन्दा दुई तह तलको व्यवस्थापकीय भूमिकामा थिए ।

एफएफई योजनाको आलोचना गरेपछि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले पनि राजीनामा दिएका थिए । यसले फिफाभित्र अध्यक्षको व्यावसायिक तथा प्रशासनिक निर्णयलाई लिएर असन्तुष्टि बढेको संकेत गरेको थियो ।

लामौरलाई हटाइएको विषयमा फिफाले उनको दुई वर्षको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना दिएको छ । लामौरसँग भने यस विषयमा प्रतिक्रिया मागिएको छ ।

यसैबीच, फुटबल प्रशासनमा पारदर्शिता र जवाफदेहिताका लागि काम गर्ने संस्था फेयरस्क्वायरले इन्फान्टिनोलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नदिन माग गर्दै फिफालाई पत्र पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर सर्जियो बुस्केट्स प्रशिक्षक करिअर सुरु गर्न आफ्नो पुरानो क्लब बार्सिलोनामा फर्किएका छन् । ३८ वर्षीय बुस्केट्सले स्पेनको चौथो श्रेणीमा रहेको बार्सिलोना रिजर्भ टोली ‘बार्सा एथलेटिक’मा प्रशिक्षक जुलियानो बेलेत्तीको स्टाफका रूपमा काम गर्नेछन् । उनले प्रशिक्षकका लागि आवश्यक लाइसेन्ससमेत पूरा गर्नेछन् । बार्सिलोना एथलेटिक पछिल्लो समय लगातार कमजोर प्रदर्शन गर्दै दोस्रो श्रेणीबाट ...
। नेपालको उमेर समूहको फुटबल टिमले अजरवैजानमा हुने फिफा यू-१५ वर्ल्ड एण्ड फेस्टिभलबमा सहभागिता जनाउने भएको छ । फिफाको ब्युरो अफ काउन्सिलको मिटिङले २५ जुनमा अजरवैजानमा २२ देखि ३२ अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको थियो । त्यसका लागि फिफाको २११ वटै सदस्य राष्ट्रलाई आमन्त्रण गरेको र सबैले सहभागिता जनाउने पाउने प्रावधान अनुसार नेपालले पनि खेल्ने भएको निलम्बनमा ...
: नेपाली खेलकुदको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता १०औं राष्ट्रिय खेलकुद आयोजना हुने मिति पटक–पटक घोषणा हुँदै स्थगित हुने क्रमले प्रतियोगिताको भविष्य नै अन्योलमा परेको अवस्थामा सरकारले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको छ। बिहीबार बसेको राष्ट्रिय खेलकुद परिषद्को १२५औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ। राखेपका अध्यक्ष शिक्षा ...
। एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी) को तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ घोषणा गरिएको छ । लिग आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका रूपमा घोषणा गरेको हो । नयाँ टोलीको प्रवेशसँगै व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँच थप विस्तार हुने आयोजकको विश्वास छ । सुदूरपश्चिम रोयल ...
। स्पेनका पूर्व खेलाडी तथा बार्सिलोनाका पूर्व प्रशिक्षक जाभी हर्नान्डेज नेदरल्यान्ड्स पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । डच फुटबल फेडेरेसले बुधबार जाभीलाई सन् २०३० सम्मको लागि प्रशिक्षक नियुक्त गरेको हो । नेदरल्यान्ड्सको प्रशिक्षक बनेपछि जाभीले आफ्नो लागि यो ठूलो सम्मानको विषय भएको बताएका छन् । ४६ वर्षीय जाभीले अब बार्सिलोनाकै पूर्व प्रशिक्षक रोनाल्ड कोम्यानको ...