मुख्य समाचार
फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामौरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ
फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामौरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ

। फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामौरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ । फिफाको विवादास्पद ‘फिफा फवार्ड इन्टरप्राइज’ (एफएफई) योजनाको कडा आलोचना गरेको तीन साताभन्दा कम समयमै लामौर बर्खास्तीमा परेका हुन् ।

फिफाले सोमबार लामौरसँगको प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गर्ने सम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेको छ । फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले कर्मचारी तथा फिफा काउन्सिलका सदस्यलाई पठाएको सन्देशमा संस्था र लामौरले आपसी सहमतिमा अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् ।
तर लामौरको बर्खास्तगी फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विवादास्पद व्यावसायिक योजनाको आलोचनासँग जोडिएको हुन सक्ने आशंका गरिएको छ । फिफाले भने उनको बर्खास्तगीको कारण खुलाएको छैन ।

गत महिना लामौरले इन्फान्टिनोको नेतृत्वमा अघि बढाइएको एफएफई योजनाको सार्वजनिक रूपमा आलोचना गरेका थिए । उनले उक्त योजनालाई ‘एक व्यक्तिको परियोजना’ भन्दै फिफाको प्रशासन नै त्यसबाट ‘छलिएको’ बताएका थिए ।

एफएफईमार्फत विश्वकपसहित फिफाका सबै प्रतियोगिताको व्यावसायिक तथा टिकट बिक्री अधिकार व्यवस्थापन गर्ने र कम्पनीको २१ प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना अघि सारिएको थियो ।

तर युरोपेली फुटबल महासंघ (यूईएफए), उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कनकाकाफ) र एसियाली फुटबल महासंघ (एएफसी) सहित विभिन्न पक्षबाट चर्को विरोध भएपछि योजना स्थगित गरिएको थियो ।

लामौरले फिफाको प्रशासनमा कार्यरत सयौं कर्मचारी फुटबलको सेवामा समर्पित रहेको भन्दै अध्यक्षले सबैलाई एकताबद्ध गर्नुपर्नेमा अहिले त्यसको ठीक विपरीत अवस्था देखिएको टिप्पणी गरेका थिए ।

उनले आफ्नो रोजगारदाताप्रतिको जिम्मेवारीसँगै केही निश्चित मूल्य र आफ्ना सहकर्मीप्रतिको जिम्मेवारी पनि रहेको बताएका थिए । त्यस क्रममा उनले आफ्नो आलोचनाका कारण जागिर गुमाउनुपरे पनि त्यसलाई स्वीकार गर्ने बताएका थिए ।

फिफाभित्रै बढेको विवाद

एफएफई योजनाको विरोध फिफाभित्र मात्र सीमित थिएन । यूईएफएले योजना अघि बढे विश्वकप बहिष्कारसम्म गर्ने चेतावनी दिएको थियो । योजना अन्ततः रोकिएपछि यूईएफए र कनकाकाफले आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनमा इन्फान्टिनोलाई दिँदै आएको समर्थनसमेत फिर्ता लिएका छन् ।

इन्फान्टिनो चौथोपटक फिफा अध्यक्ष बन्ने तयारीमा छन् । यद्यपी अफ्रिका, दक्षिण अमेरिका र ओसियानाका फुटबल महासंघले उनको उम्मेदवारीलाई समर्थन गरेका छन् । मेक्सिकोसहित कनकाकाफका केही सदस्य राष्ट्रले भने आफ्नै महासंघको निर्णयविपरीत इन्फान्टिनोलाई समर्थन गरेका छन् ।

यसै क्रममा बेलायतका फुटबल संघहरू पनि इन्फान्टिनोको समर्थनबाट पछि हटिरहेका छन् । स्कटल्यान्ड पछिल्लो समय इन्फान्टिनोलाई समर्थन नगर्ने घोषणा गर्ने संस्था बनेको छ । यसअघि इंग्ल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड र आयरल्यान्डले पनि समर्थन फिर्ता लिइसकेका छन् ।

यूईएफएबाट फिफासम्मको यात्रा

लामौरले सन् २०२४ नोभेम्बरमा फिफाको प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनी यूईएफएका उपमहासचिवका रूपमा कार्यरत थिए । फिफामा उनी इन्फान्टिनोभन्दा दुई तह तलको व्यवस्थापकीय भूमिकामा थिए ।

एफएफई योजनाको आलोचना गरेपछि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले पनि राजीनामा दिएका थिए । यसले फिफाभित्र अध्यक्षको व्यावसायिक तथा प्रशासनिक निर्णयलाई लिएर असन्तुष्टि बढेको संकेत गरेको थियो ।

लामौरलाई हटाइएको विषयमा फिफाले उनको दुई वर्षको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना दिएको छ । लामौरसँग भने यस विषयमा प्रतिक्रिया मागिएको छ ।

यसैबीच, फुटबल प्रशासनमा पारदर्शिता र जवाफदेहिताका लागि काम गर्ने संस्था फेयरस्क्वायरले इन्फान्टिनोलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नदिन माग गर्दै फिफालाई पत्र पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम