मुख्य समाचार
पूर्व मिडफिल्डर सर्जियो बुस्केट्स प्रशिक्षक करिअर सुरु गर्न आफ्नो पुरानो क्लब बार्सिलोनामा फर्किए
पूर्व मिडफिल्डर सर्जियो बुस्केट्स प्रशिक्षक करिअर सुरु गर्न आफ्नो पुरानो क्लब बार्सिलोनामा फर्किए

। स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर सर्जियो बुस्केट्स प्रशिक्षक करिअर सुरु गर्न आफ्नो पुरानो क्लब बार्सिलोनामा फर्किएका छन् ।

३८ वर्षीय बुस्केट्सले स्पेनको चौथो श्रेणीमा रहेको बार्सिलोना रिजर्भ टोली ‘बार्सा एथलेटिक’मा प्रशिक्षक जुलियानो बेलेत्तीको स्टाफका रूपमा काम गर्नेछन् । उनले प्रशिक्षकका लागि आवश्यक लाइसेन्ससमेत पूरा गर्नेछन् ।

बार्सिलोना एथलेटिक पछिल्लो समय लगातार कमजोर प्रदर्शन गर्दै दोस्रो श्रेणीबाट दुई तह तल झरेर सेगुन्डा फेडेरासियोनमा पुगेको छ । बेलेत्ती र बुस्केट्सको मुख्य लक्ष्य टोलीलाई तेस्रो श्रेणीमा फर्काउनुका साथै पहिलो टोलीका लागि प्रतिभावान् युवा खेलाडी विकास गर्नु हुनेछ ।

बुस्केट्स सन् २००५ मा किशोर खेलाडीका रूपमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए । सिनियर टोलीमा स्थान बनाउनुअघि उनले रिजर्भ टोलीका लागि २५ खेल खेलेका थिए । त्यसपछि पेप ग्वार्डिओलाको प्रशिक्षणमा बार्सिलोनाको मुख्य टोलीमा स्थान बनाएका उनले क्लबका लागि ७२२ खेल खेले ।

बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्नेमा बुस्केट्सभन्दा अघि लियोनल मेसी र जाभी हर्नान्डेज मात्रै छन् । उनले क्लबबाट नौपटक ला लिगा र तीनपटक च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए ।

स्पेनका लागि १४३ खेल खेलेका बुस्केट्स सन् २०१० को विश्वकप र २०१२ को युरोपियन च्याम्पियनसिप जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए ।

बार्सिलोना छाडेपछि उनी सन् २०२३ मा इन्टर मियामी पुगेका थिए । त्यहाँ उनले पूर्व बार्सिलोना सहकर्मी तथा निकट साथीहरू लियोनल मेसी, जोर्डी अल्बा र लुइस सुवारेजसँगै खेले ।

इन्टर मियामीका लागि ११६ खेल खेलेका बुस्केट्सले २०२३ मा लिग्स कप र २०२५ मा एमएलएस कप जितेपछि खेलाडी जीवनबाट सन्यास लिएका थिए ।

अब बार्सिलोनाको युवा टोलीबाटै उनले आफ्नो प्रशिक्षक करिअरको सुरुवात गर्ने भएका छन् ।

-ईएसपीएनबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम