मुख्य समाचार
एक पैदलयात्रीको सिक्री लुटपाट गरेको आरोपमा चार जना पक्राउ
एक पैदलयात्रीको सिक्री लुटपाट गरेको आरोपमा चार जना पक्राउ

। भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीमा एक पैदलयात्रीको सिक्री लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ का ३२ वर्षीय योगेन्द्र तामाङ, सोही गाउँपालिका–६ का ४० वर्षीय मिलन विक, रामेछापको दोरम्बा गाउँपालिका–३ का ३६ वर्षीय काले भनिने देबन्द्र थापा मगर, र भारतीय नागरिक ४० वर्षीय संजित साम्नत छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

२६ साउनको दिउँसो करिब २ बजेतिर लोकन्थली नजिक पैदल हिँड्दै गरेका व्यक्तिको सिक्री यो समूहले लुटेको प्रहरीले बताएको छ । त्यस्तै ३० असारमा पनि लोकन्थलीमै यस्तै शैलीमा लुटपाट भएको थियो ।

विशेषगरी महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै यो समूहले सिक्री लुटपाट गरेको प्रहरीले बताएको छ । मोटरसाइकलमा दुई जना चढेर आउने र सिक्री थुतेर भाग्ने गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका मध्ये योगन्द्र मोटरसाइकल चलाउने मान्छे हुन् । काले मोटरसाइकलको पछाडि बसेर सिक्री थुत्ने व्यक्ति हुन् । मिलन र संजित चोरीको सुन किन्ने व्यक्ति रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता समाजवादी पार्टी(जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारको विश्वासको मतसम्बन्धी निर्णयविपरीत मतदान गरेको भन्दै रुपन्देही निर्वाचन क्षेत्र नं ३ (क) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयसँग स्पष्टीकरण मागेको छ । जसपा केन्द्रीय कार्यालयले पाण्डेयलाई पत्र पठाउँदै पार्टीको निर्देशन उल्लंघन भएको भन्दै सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार ...
। नेपाल विद्यार्थी संघले काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ । ग्यास अभावले विद्यार्थीलाई समस्या परेको भन्दै उनीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् । त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले ‘बालेन सरकार चुलो समस्या समाधानमा कित यति ढिलो?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने?’, ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा ...
। नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छिन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाएकी हुन् । बैठकमा बोल्दै सांसद खातुनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको प्रतिवाद गरिन् । प्रतिपक्षले आवाज उठाउँदा ...
। नेकपासँग सत्तागठबन्धन गरेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले बागमती सरकारमा बहुमतका लागि साना दलसँग पनि सहकार्य गर्नुपर्नेछ। यसका लागि एमालेले मुख्यमन्त्रीका लागि किरण थापालाई अघि सारेको छ। प्रदेश संसदीय दलको नेतामा ‍जगन्नाथ थपलियालाई निरन्तरता दिँदै मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय आजको संसदीय दलको बैठकले गरिसकेको छ। मुख्यमन्त्रीमा अघि सारिएका थापाकै संयोजकत्वमा एमालेले अन्य दलसँग ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्ति स्थानीय तहको चुनावमा उम्मेदवार हुने सम्भावना बढी हुने स्पष्ट पारेका छन् । ‘गाउँपालिका क्यान्डिडेट क्लब’ आवदेन सुरु गर्ने क्रममा सभापति लामिछानेले पार्टी गठनको बेलादेखि अनवरत खटेका उम्मेदवार हुने सम्भावना बढी रहेको बताए । ‘रास्वपामा जो काम गरिरहनु भएको छ । जो पार्टीमा ...