मुख्य समाचार
नेपाली कांग्रेसका सभापति गगन थापाले आज (मंगलबार) देखि १५औँ महाधिवेशन प्रक्रिया सुरु भएको बताए
नेपाली कांग्रेसका सभापति गगन थापाले आज (मंगलबार) देखि १५औँ महाधिवेशन प्रक्रिया सुरु भएको बताए

। नेपाली कांग्रेसका सभापति गगन थापाले आज (मंगलबार) देखि १५औँ महाधिवेशन प्रक्रिया सुरु भएको बताएका छन् ।

१५ औं महाधिवेशनअन्तर्गत जिल्लाहरुमा तोकिएका निर्वाचन अधिकृतहरूका लागि आयोजित कार्यक्रममा उनले महाधिवेशन प्रक्रिया सुरु भएको बताएका हुन् ।

‘हामीसँग अब समयको सुबिधा छैन । हामी संविधान, पार्टी विधानमा बाँधिएका छौं,’ सभापति थापाले भने, ‘अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ । त्यसले पनि हामीहरू बाँधिएका छौं । थोरै समयमा काम गर्नुपर्नेछ ।’

यस पटक पार्टीको क्रियाशील सदस्यता डिजिटल भएकाले महाधिवेशन गर्न पहिलाको भन्दा सहज हुने उनको भनाइ थियो ।

‘प्रश्न नउठ्ने गरी अधिवेशन गर्नुपर्नेछ, आजबाट हाम्रो अधिवेशन प्रक्रिया औपचारिकरूपमा प्रारम्भ भयो,’ सभापति थापाले भने, ‘निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ, त्यही कार्यतालिका हामी सबैले फलो गर्ने हो ।’

केन्द्रीय कार्यसमितिले महाधिवेशनको तिथिमिति र ठाउँ तय गरिसकेको भन्दै उनले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्यार्थी संघले काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ । ग्यास अभावले विद्यार्थीलाई समस्या परेको भन्दै उनीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् । त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले ‘बालेन सरकार चुलो समस्या समाधानमा कित यति ढिलो?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने?’, ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा ...
। नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छिन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाएकी हुन् । बैठकमा बोल्दै सांसद खातुनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको प्रतिवाद गरिन् । प्रतिपक्षले आवाज उठाउँदा ...
। नेकपासँग सत्तागठबन्धन गरेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले बागमती सरकारमा बहुमतका लागि साना दलसँग पनि सहकार्य गर्नुपर्नेछ। यसका लागि एमालेले मुख्यमन्त्रीका लागि किरण थापालाई अघि सारेको छ। प्रदेश संसदीय दलको नेतामा ‍जगन्नाथ थपलियालाई निरन्तरता दिँदै मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय आजको संसदीय दलको बैठकले गरिसकेको छ। मुख्यमन्त्रीमा अघि सारिएका थापाकै संयोजकत्वमा एमालेले अन्य दलसँग ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्ति स्थानीय तहको चुनावमा उम्मेदवार हुने सम्भावना बढी हुने स्पष्ट पारेका छन् । ‘गाउँपालिका क्यान्डिडेट क्लब’ आवदेन सुरु गर्ने क्रममा सभापति लामिछानेले पार्टी गठनको बेलादेखि अनवरत खटेका उम्मेदवार हुने सम्भावना बढी रहेको बताए । ‘रास्वपामा जो काम गरिरहनु भएको छ । जो पार्टीमा ...
। नेपाली कांग्रेसले संविधान संशोधन गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएको छ । मंगलबार पार्टी कार्यलाय सानेपामा कांग्रेसको हालै बसेको केन्द्रिय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले संविधान संशोधनजस्तो गम्भीर विषयलाई सरकारले हल्का ढंगले अघि बढाएको आरोप लगाए । कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको संविधानको रक्षा, कार्यान्वयन तथा जनताको आवश्यकता र इच्छाअनुसार समयानुकूल ...