। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरू आज सार्वजनिक गर्ने भएको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिद्वारा पारित निर्णयहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागेको हो ।
प्रवक्ता देवराज चालिसेका अनुसार निर्णयहरू सार्वजनिक गर्न मंगलबार दिउँसो ३ बजे सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
२४ साउनदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार (१ भदौ) सम्पन्न भएको थियो ।
महामन्त्री प्रदीप पौडेलका अनुसार विशेष महाधिवेशनपछि यो कांग्रेसको तेस्रो केन्द्रीय कार्यसमिति बैठक हो ।
बैठकमा पार्टीले हरेक सदस्यहरूलाई धारणा राख्नका लागि सात मिनेटको समय उपलब्ध गराएको थियो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यसँगै सुदूरपश्चिमबाहेकका प्रदेश सभापतिहरू पनि सहभागी थिए ।