मुख्य समाचार
मधेश प्रदेश सरकारले वित्तीय सुशासन, पारदर्शिता र मितव्ययिता कायम गर्न ‘मधेश प्रदेश खर्च मापदण्ड निर्देशिका, २०८३’ जारी
मधेश प्रदेश सरकारले वित्तीय सुशासन, पारदर्शिता र मितव्ययिता कायम गर्न ‘मधेश प्रदेश खर्च मापदण्ड निर्देशिका, २०८३’ जारी

। मधेश प्रदेश सरकारले वित्तीय सुशासन, पारदर्शिता र मितव्ययिता कायम गर्न ‘मधेश प्रदेश खर्च मापदण्ड निर्देशिका, २०८३’ जारी गरेको छ । सरकारी कोषको दुरुपयोग रोक्दै बजेटलाई नतिजामुखी बनाउने उद्देश्यले प्रदेश सरकारले खर्च व्यवस्थापनमा कडाइ गरेको हो ।

अर्थमन्त्री युवराज भट्टराईका अनुसार विगतमा देखिएका फजुल खर्च र आर्थिक विकृति अन्त्य गर्न नयाँ व्यवस्था लागू गरिएको हो । निर्देशिका अनुसार अब मन्त्री तथा विशिष्ट पदाधिकारीले प्रयोग गर्ने सरकारी जिन्सी सामानको अनिवार्य रूपमा भरपाई गर्नुपर्नेछ । पदावधि सकिएपछि वा सरुवा हुँदा ती सामान स्टोरमा बुझाएपछि मात्र बरबुझारथ हुने व्यवस्था गरिएको छ ।


भ्रमण भत्तामासमेत कडाइ गरिएको छ । प्रदेशभित्र एकपटकमा बढीमा चार दिन र महिनाभरिमा जतिसुकै पटक भ्रमण गरे पनि अधिकतम १२ दिनको मात्र भ्रमण भत्ता उपलब्ध गराइने उल्लेख छ । मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीले मन्त्रीसँग भ्रमणमा जाँदा मात्र भ्रमण अवधिको भत्ता पाउने व्यवस्था गरिएको छ ।

सवारी साधनको जथाभावी प्रयोग नियन्त्रण गर्न कानुनले तोकेका सचिव र सोसरहका पदाधिकारीले मात्र सवारी सुविधा पाउने व्यवस्था गरिएको छ । कार्यालय प्रयोजनका लागि निश्चित संख्यामा मात्र सवारी साधन राख्न पाइनेछ । तोकिएको दरबन्दीभन्दा बढी रहेका सवारी साधन आवश्यकता र औचित्यका आधारमा अन्य निकायमा हस्तान्तरण गरिनेछ ।



निर्देशिकामा आयोजनाको कन्टिन्जेन्सी रकम स्वीकृत लागत अनुमान र तोकिएको मापदण्डभित्र रहेर मात्र खर्च गर्न पाइने उल्लेख छ । सामान्य कार्यक्रम, गोष्ठी र नियमित बैठक होटलमा गर्न रोक लगाउँदै सरकारी कार्यालयकै सभा हल वा कार्यकक्षमा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्री तथा पदाधिकारी सहभागी कार्यक्रममा खाना र खाजा खर्चमा समेत एकरूपता कायम गरिएको निर्देशिकामा उल्लेख छ ।

आर्थिक वर्षको अन्त्यमा बजेट फ्रिज हुन नदिन जथाभावी पेश्की दिने प्रवृत्तिमा पनि रोक लगाइएको छ । कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखलाई सामान खरिदका लागि पेश्की नदिने तथा तोकिएको समयभित्र पेश्की फर्छ्यौट नगरे जरिवानासहित असुल गर्ने व्यवस्था गरिएको छ ।

यस्तै स्रोत सुनिश्चितताबिना बहुवर्षीय आयोजना घोषणा गर्न रोक लगाउँदै प्रदेश नीति तथा योजना आयोगको प्राथमिकीकरण, मध्यमकालीन खर्च संरचना र विनियोजित बजेटको सीमाभित्र रहेर मात्र बहुवर्षीय स्रोत सुनिश्चितता गर्ने व्यवस्था गरिएको छ । यी सुधारबाट वित्तीय सुशासन संस्थागत गर्दै जनमुखी र नतिजामुखी विकास प्रशासनको आधार बलियो हुने अर्थ मन्त्री भट्टराईको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छिन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाएकी हुन् । बैठकमा बोल्दै सांसद खातुनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको प्रतिवाद गरिन् । प्रतिपक्षले आवाज उठाउँदा ...
। नेकपासँग सत्तागठबन्धन गरेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले बागमती सरकारमा बहुमतका लागि साना दलसँग पनि सहकार्य गर्नुपर्नेछ। यसका लागि एमालेले मुख्यमन्त्रीका लागि किरण थापालाई अघि सारेको छ। प्रदेश संसदीय दलको नेतामा ‍जगन्नाथ थपलियालाई निरन्तरता दिँदै मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय आजको संसदीय दलको बैठकले गरिसकेको छ। मुख्यमन्त्रीमा अघि सारिएका थापाकै संयोजकत्वमा एमालेले अन्य दलसँग ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्ति स्थानीय तहको चुनावमा उम्मेदवार हुने सम्भावना बढी हुने स्पष्ट पारेका छन् । ‘गाउँपालिका क्यान्डिडेट क्लब’ आवदेन सुरु गर्ने क्रममा सभापति लामिछानेले पार्टी गठनको बेलादेखि अनवरत खटेका उम्मेदवार हुने सम्भावना बढी रहेको बताए । ‘रास्वपामा जो काम गरिरहनु भएको छ । जो पार्टीमा ...
। नेपाली कांग्रेसले संविधान संशोधन गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएको छ । मंगलबार पार्टी कार्यलाय सानेपामा कांग्रेसको हालै बसेको केन्द्रिय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले संविधान संशोधनजस्तो गम्भीर विषयलाई सरकारले हल्का ढंगले अघि बढाएको आरोप लगाए । कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको संविधानको रक्षा, कार्यान्वयन तथा जनताको आवश्यकता र इच्छाअनुसार समयानुकूल ...
। सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा १५/१५ दिनमा तलब भुक्तानी गर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र लेख्दै सो प्रावधानबारे जानकारी गराएको हो । अर्थ मन्त्रालयले गत वैशाखमा संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रुपमा तलब ...