मुख्य समाचार
सरकार गठन भएको साढे चार महिनामा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ५५ जिल्लाको भ्रमण
सरकार गठन भएको साढे चार महिनामा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ५५ जिल्लाको भ्रमण

। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा भनेका थिए, ‘हाम्रो गाडी लोकल रोडहरूमा हिँडेको गाडी होइन । एक्प्रेस वेमा हिँडेको गाडी हो ।’

मन्त्रिपरिषद्का एक जना सदस्यको जिल्ला दौडाह हेर्दा उनले प्रधानमन्त्रीको भनाइ चरितार्थ गरे जस्तो लाग्छ । सरकार गठन भएको साढे चार महिनामा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ५५ जिल्लाको भ्रमणमा पुगेका छन् ।

पूर्वाधार विकास मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार १३ जेठ २०८२ मा नयाँ सरकार गठन भएयताको साढे ४ महिनामा उनी अधिकतम जिल्ला भ्रमणमा पुगेका छन् ।

पछिल्लो समय उनी सुदूरपश्चिम भ्रमणमा निस्किएका उनी दार्चुलाको भ्रमण सकेर बैतडी पुग्नासाथ बिरामी परे ।

लम्साललाई बैतडीबाट नेपाली सेनाको हेलिकप्टरबाट धनगढी ल्याएर स्काई ट्रकमार्फत आइतबार काठमाडौं ल्याइयो । मन्त्री लम्सालको सचिवालयका अनुसार उनलाई गत राती छाउनी अस्पतालमा परीक्षण गराइएको थियो ।

उनको पिसावमा संक्रमण देखिएको सचिवालयले जनाएको छ । राती नै डिस्चार्ज भएका उनी अहिले चिकित्सकको सल्लाह अनुसार निवासमै आराम गरिरहेको समेत सचिवालयले जनाएको छ ।



किन दौडिरहेका छन् मन्त्री लम्साल ?

नयाँ सरकार गठन भएसँगै सरकारले केही मन्त्रालयहरू गाभ्यो ।

त्यसक्रममा साविकको भौतिक पूर्वाधार तथा यातायात, खानेपानी र शहरी विकास मन्त्रालय एक बनाएर पूर्वाधार विकास मन्त्रालय बनाइयो ।

यो मन्त्रालय चालु आर्थिक वर्ष २०८३/८४ मा सर्वाधिक बजेट पाएको मन्त्रालय हो । यस मन्त्रालयले ३ खर्ब २ अर्ब ८३ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

पूर्वाधार विकास मन्त्रालय मातहत बजेट मात्र ठूलो छैन, आयोजनाको आकार पनि विशाल छ ।

अर्कोतर्फ यी आयोजनाहरू कुनै न कुनै समस्यामा पनि छन् ।

सोहीकारण अहिले मन्त्रीसहितको टोलीले संवेदनशील आयोजनाहरूलाई स्थानीय स्तरमै पुगेर अध्ययन, अनुगमन र वस्तुस्थितिबारे जानकारी लिने काम गरिरहेको मन्त्रालयका एक अधिकारीले बताए ।

मन्त्री लम्सालले सुरूआती चरणमा प्रहरी मार्फत निर्माण व्यवसायीलाई उठाएर मन्त्रालय ल्याउने र सचिवालयमार्फत बयान लिने काम गराउँदै आएका थिए ।

पछिल्लो समय भने उनले स्थलगत भ्रमणलाई प्राथमिकता दिएका छन् ।

सामान्यतया विभागीय मन्त्रीको टोलीमा सो मन्त्रालयका सचिव, शहरी विकास, खानेपानी र सडकसँग सम्बन्धित बजेट कार्यान्वयन गर्ने निकायका महानिर्देशकहरूसँगै जाने गरेका छन् ।

यसबाहेक सम्बन्धित निर्वाचन क्षेत्रका सांसद र सत्तारुढ रास्वपाका नेताहरू समेत पुग्ने गरेका छन् ।

मन्त्री लम्सालको यो सक्रियता आगामी स्थानीय र प्रदेश तह निर्वाचनलक्षित समेत देखिन्छ ।

किनकी मन्त्री लम्साल स्वयंले वार्षिक बजेट विनियोजन र संसद्बाट पास भएर आइसकेको अवस्थामा पनि बजेट पार्ने, नयाँ योजनाका आश्वासन दिने र ठाउँको ठाउँ ठेक्का तोड्न निर्देशन दिँदै हिँडिरहेका छन् ।

धम्कीको बोलीले कतै आलोचित, कतै भाइरल

मन्त्री लम्सालको तुफानी शैलीको भ्रमणमा मात्र चर्चामा छैन । विभिन्न ठाउँमा पुगेर गरेका भाषण पनि चर्चामा छन् ।

जस्तो गत जेठ तेस्रो साता सिराहमा कमला पुलको स्थलगत निरीक्षणमा पुग्दा स्थानीयले नाराबाजी गरे ।

हरेक पनि नयाँ मन्त्री स्थलगत अनुगमनमा आउने तर ठोस प्रगति नहुने गरेको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । मन्त्री लम्सालसहित कमला पुलको १८ जना मन्त्रीले निरीक्षण गरिसकेका छन् ।

साउन पहिला साता सिन्धुलीको गोलन्जर गाउँपालिकामा कानून मन्त्री सोविता गौतमसँगै पूर्वाधार विकास मन्त्रीले गरेको एक अन्तरक्र्रिया कार्यक्रम विवादित बन्यो ।

कार्यक्रममा गौतमले बोलेको ‘दुई वटा कुरा हुन्छ, एउटा बजेट, अर्को कानून, बजेट उहाँ (पूर्वाधार निर्माण मन्त्रीको जिम्मा, कानून मेरो जिम्मा, हामी दुबै जना यहाँ छौं, देश बन्छ, तपाईंहरूले केही चिन्ता मान्नु पर्दैन’ भनेपछि आलोचना भएको हो ।

मन्त्री र सांसदहरूले आफूअनुकूल जिल्ला–जिल्ला पुगेर आयोजना बाँड्ने प्रवृत्तिको चर्को विरोध गरेको रास्वपाले गत निर्वाचनमा जनताबाट अभूतपूर्व समर्थन पायो ।

अहिले मन्त्री लम्सालले स्थानीयको माग अनुसारका आयोजना तत्कालै पुरा हुने भन्दै सोही प्रवृत्तिका आश्वासन जिल्ला भ्रमणमा बाँडिरहेका छन् ।

उनले भ्रमण गरेका अधिकांश स्थानमा दिएका आश्वासन करिब उस्तै छन् । मन्त्री लम्सालले आफ्नो खल्तीबाट निकालेर बजेट दिने हैसियत राख्छन् जस्तो गरी आश्वासन दिएको भन्दै कतिपयले आलोचना गरेका छन् ।



गत साउन पहिलो साता काभ्रेको बाह्रबिसे–तातोपानी सडक अनुगमनमा पुगेका उनले ४२ घरधुरी रहेको पन्थली बस्तीको सन्दर्भमा दिएको ‘गाउँ सारे भइहाल्यो नी’ भन्ने जवाफ छिनभरमै भाइरल बन्यो ।

उनको सो अभिव्यक्तिमा प्रतिक्रिया दिँदै सिन्धुपाल्चोक-१ का पूर्वसांसद माधव सापकोटाले ‘औंलामा चोट लाग्दा हातै काटेर फाल्ने’ प्रवृत्ति देखिएको बताएका थिए ।

दिगो समाधान खोज्नुको साटो बाटो बन्द गरौं, वा बस्ती टपक्क टिपेर हुत्याइदिँउ जस्ता गैरजिम्मेवार अभिव्यक्ति मन्त्रीले दिएको उनको भनाइ छ ।

असार पहिलो साता नौबिसे–मलेखु सडक खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएपछि उनी आलोचित भए ।

उनले भनेका थिए, ‘जो यो पोलवाला हो नी, बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नु, घर पठाउने हैन, फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’

त्यस्तै, गत साउन तेस्रो साता गुल्मी पुगेर ९१ प्रतिशत भौतिक प्रगति भइसकेको गुल्मी अस्पतालको ठेक्का तत्काल रद्द गर्न निर्देशन दिए ।

निर्माण शुरू भएको ५ वर्षमा पनि काम नसेकेको भन्दै उनले ठेक्का रद्द गर्न निर्देशन दिएका हुन् ।

आयोजना कार्यान्वयन प्रभावकारी गराउन अन्य भूमिका निर्वाह नगरी सिधै रद्द गर्न निर्देशन दिने उनको शैलीको यतिबेला विरोध भइरहेको छ ।

मन्त्री लम्सालले भ्रमण गरेका मूख्य-मूख्य आयोजना

पूर्वाधार मन्त्री सुनिल लम्सालले काकडभिट्टा–लौकही सडक आयोजनाको तीन वटै खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

सप्तरीको कन्चनपुरदेखि सिराहाको कमलासम्म पूर्वपश्चिम राजमार्ग बिस्तार आयोजनाको समेत उनले स्थलगत अनुगमन गरेका छन् । उनले कमला–कन्चनपुर पुलको समेत अवलोकन गरेका छन् ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निरीक्षण र उद्घाटन समेत उनले यस अवधिमा गरेका छन् । उनले सिद्धबाबा सुरुङमार्गको समेत स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री लम्साल यसबीच कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको निरीक्षणमा पुगे ।

लम्सालले सालझण्डी–सन्धिखर्च–ढोरपाटन सडकको समेत निरीक्षण अवलोकन गरेका छन् ।

रुपन्देहीको सालझण्डीबाट यात्रा थालेका उनले अर्घाखाँचीको सन्धिखर्च, गुल्मीको मदाने हुँदै बागलुङको ढोरपाटन पुगेर यात्रा सकाएका थिए ।

उनले गुल्मीमा मदन भण्डारी राजमार्गको केही खण्ड समेत अवलोन गरेका थिए । यसअवधिमा मन्त्री लम्सालले कर्णाली राजमार्गको समेत अनुगमन गरिसकेका छन् ।

गत साउन पहिलो साता उनले एक साता कर्णालीमा बिताएका थिए । वीरेन्द्रनगरको बांगेसिमलबाट सुरु उनको कर्णाली यात्रा कालिकोटसम्म पुगेको थियो ।

यसबाहेक उनले नेपाल–चीन सीमाना हिल्सा र हुम्ला सिमकोट सडक संजालको समेत स्थलगत अनुगमन गरेका छन् । सो यात्रामा मात्र उनले ८ जिल्लाको भ्रमण सकाएका थिए ।

बुटवल–नारायणगढ, दाउन्ने खण्डको समेत स्थलगत अनुगमन गरिसकेका छन् । यसबीचमा उनले मुग्लिन–पोखरा सडक खण्डको पूर्वी र पश्चिम दुबै खण्डको अनुगमन गरे ।

मादी पुलको समेत उनले स्थलगत निरीक्षण गरे । सिन्धुली, दोलखा र सिन्धुपाल्चोक क्षेत्रको भ्रमण कानून मन्त्री र भौतिक मन्त्रीले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्यार्थी संघले काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ । ग्यास अभावले विद्यार्थीलाई समस्या परेको भन्दै उनीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् । त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले ‘बालेन सरकार चुलो समस्या समाधानमा कित यति ढिलो?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने?’, ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा ...
। नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छिन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाएकी हुन् । बैठकमा बोल्दै सांसद खातुनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको प्रतिवाद गरिन् । प्रतिपक्षले आवाज उठाउँदा ...
। नेकपासँग सत्तागठबन्धन गरेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले बागमती सरकारमा बहुमतका लागि साना दलसँग पनि सहकार्य गर्नुपर्नेछ। यसका लागि एमालेले मुख्यमन्त्रीका लागि किरण थापालाई अघि सारेको छ। प्रदेश संसदीय दलको नेतामा ‍जगन्नाथ थपलियालाई निरन्तरता दिँदै मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय आजको संसदीय दलको बैठकले गरिसकेको छ। मुख्यमन्त्रीमा अघि सारिएका थापाकै संयोजकत्वमा एमालेले अन्य दलसँग ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्ति स्थानीय तहको चुनावमा उम्मेदवार हुने सम्भावना बढी हुने स्पष्ट पारेका छन् । ‘गाउँपालिका क्यान्डिडेट क्लब’ आवदेन सुरु गर्ने क्रममा सभापति लामिछानेले पार्टी गठनको बेलादेखि अनवरत खटेका उम्मेदवार हुने सम्भावना बढी रहेको बताए । ‘रास्वपामा जो काम गरिरहनु भएको छ । जो पार्टीमा ...
। नेपाली कांग्रेसले संविधान संशोधन गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएको छ । मंगलबार पार्टी कार्यलाय सानेपामा कांग्रेसको हालै बसेको केन्द्रिय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले संविधान संशोधनजस्तो गम्भीर विषयलाई सरकारले हल्का ढंगले अघि बढाएको आरोप लगाए । कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको संविधानको रक्षा, कार्यान्वयन तथा जनताको आवश्यकता र इच्छाअनुसार समयानुकूल ...