मुख्य समाचार
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत् वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिइने बताए
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत् वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिइने बताए

: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत् वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिइने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित नेपाल विद्युत् प्राधिकरणको वार्षिकोत्सव समारोहमा मन्त्री श्रेष्ठले आगामी वर्षदेखि भरपर्दो, गुणस्तरीय र अविच्छिन्न विद्युत् सेवा प्रवाहका लागि वितरण प्रणालीको आधुनिकीकरण, स्मार्ट प्रणाली, चुहावट नियन्त्रण र डिजिटल प्रविधिको विस्तारलाई प्राथमिकता दिइने बताए।

उनले ऊर्जा क्षेत्रमा पूर्वाधार निर्माणका लागि ठूलो पुँजी आवश्यक भएकाले निजी क्षेत्र, वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न नीतिगत स्थिरता कायम गरिने उल्लेख गरे। जलविद्युत् क्षेत्रमा लामो समयदेखि देखिएको लाइसेन्स होल्ड गर्ने प्रवृति अन्त्य गरी निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी प्रणाली स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ।


मन्त्री श्रेष्ठले विद्युत् अर्थतन्त्रको मेरुदण्ड मात्र नभई सामाजिक न्याय र मानवीयताको आधारसमेत बनेकाले उपभोक्तालाई सुलभ दरमा विद्युत् उपलब्ध गराउनुपर्ने दायित्व भएकाले मन्त्रालय यसतर्फ सजग रहेको धारणा राखे। प्राधिकरणको सफलता मेगावाट, प्रसारण लाइन वा आम्दानीमा मात्र नभई कर्मचारीको इमानदारी, व्यावसायिकता र सेवाभावमा निर्भर रहने भएकाले संस्थागत सुशासन र वित्तीय अनुशासनमा जोड दिए।

आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत् बिक्री र अन्य आम्दानीबाट कुल आम्दानी १ खर्ब ६६ अर्ब रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै कार्यसम्पादन सुधार, विद्युत् चुहावट नियन्त्रण र निर्यात वृद्धिका कारण समग्र कुल नाफा १३.१७ प्रतिशत बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मिटरब्याज पीडितहरूले सोमबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन संघर्ष समितिका अध्यक्ष लालबहादुर मगरको नेतृत्वमा पुगेका पीडितहरूले मिटरब्याज साहुलाई कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने तथा भूमाफियामाथि कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका हुन् । करिब ७० जना सहभागी रहेको प्रदर्शनमा 'मिटरब्याज साहुलाई कारबाही गर', ...
: पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीका आवाज मास्न हुकुमी शासन चलाएको बताएका छन्। सर्वोच्च अदालतको परमादेशबाट रिहा भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै श्रेष्ठले सरकारले आफूसँग बदलाको भावना लिएको बताए। आफ्नो पक्राउलाई श्रेष्ठले पेशागत धर्म निर्वाह गर्ने क्रममा राज्यले लिएको 'बदलाको कारबाही' भनेका छन्। जनआस्थाले लेखेका समाचारहरू गलत भएमा खण्डन गर्नसमेत उनले चुनौती दिए। सरकारले जनआस्थाविरुद्ध ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नैले डुबाएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले चुनदेवी कार्यालयमा सभापतिको 'नेमप्लेट' राखेर देउवालाई उचाल्न खोजेको आरोप लगाए। सबै कुरा मिलिसक्यो भनेर सिंगापुरबाट बोलाएर नेताहरूले देउवालाई ढाँटेको र आफ्ना कमीकमजोरी लुकाउन ढाल बनाउने काम गरेको थापाको भनाइ छ। पटक-पटक देउवालाई ढाँटेर संस्थापन इतर ...
: केही दिनदेखि कामकारबाही ठप्प पारेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलपछि आन्दोलनका कार्यक्रम तत्काललाई फिर्ता गरिएको हो। श्रममन्त्री रामजी यादव, श्रम मन्त्रालयका सचिवलगायतको उपस्थितिमा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच तीन घण्टा लामो छलफल भएको थियो। संघका महासचिव हिराबहादुर डाँगीले सोमबार एक विज्ञप्ति जारी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचन केन्द्रित क्यान्डिडेट क्लबको घोषणा गरेको छ। सोमबार पार्टी कार्यालय वनस्थलीमा आयोजित एक कार्यक्रमकाबीच रास्वपा सभापति रवि लामिछानले क्यान्डिडेट क्लबको शुभारम्भ गरे। आगामी स्थानीय तहका उम्मेदवार छनोट गर्न क्यान्डिडेट क्लबको अवधारणा ल्याइएको सभापति लामिछानेले बताए। आगामी स्थानीय तहमा उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा अनलाइनमार्फत आवदेन दिन सक्ने र आगामी ...