: पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले संन्यास लिने संकेत गरेका छन्। ४१ वर्षीय रोनाल्डोले ‘भोग’लाई दिएको एक अन्तर्वार्तामा करिअरको बारेमा बताएका छन्।
उनले यसै सप्ताह विवाह गरेका थिए। विवाहपछि ‘भोग’ म्यागजिनसँगको अन्तर्वार्तामा उनले फुटबल करिअरको अन्तिम वर्ष हुनसक्ने बताएका हुन्। ‘यो वर्ष मेरो करिअरको अन्तिम वर्ष हुन सक्छ। म फुटबल क्षेत्रमा अमिट छाप छोड्न चाहन्छु,’ उनले भनेका छन्।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले फुटबल बाहेकको जिन्दगीमा बाँच्न चाहेको बताएका छन्। फुटबल बाहेकका योजना बनाउन आफू आतुर भएको उनले बताएका छन्। २५ वर्षसम्म शीर्ष स्तरको फुटबल खेलेका उनले मैदान बाहिरको जिन्दगी जिउने तरखरमा देखिएका हुन्।