मुख्य समाचार
इरानी सेनाले कुनै पनि अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई ३० हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा
इरानी सेनाले कुनै पनि अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई ३० हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा

: इरानी सेनाले कुनै पनि अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई ३० हजार अमेरिकी डलर (करिब ४५ लाख नेपाली रुपैँया) पुरस्कार दिने घोषणा गरेको छ। यदि यो कार्य कुनै महिलाले गरेमा पुरस्कार रकम दोब्बर अर्थात् ६० हजार डलर पुर्‍याइने इरानी सेनाले जनाएको छ। साथै, आक्रमणमा प्रयोग गरिएको हतियार खरिद गरी संग्रहालयमा राखिनेछ।

तेहरानमा आयोजित एक कार्यक्रममा इरानी सेनाका कमाण्डर-इन-चिफ अमिर हातमीले वित्तीय जिहादमार्फत देशको युद्ध प्रयासमा आर्थिक सहयोग गर्न चाहने नागरिकहरूको मागबमोजिम यो योजना ल्याइएको बताए।

हातमीले यस योजनाले अमेरिकाको सैन्य प्रभुत्वलाई कमजोर बनाएको र धेरै देशहरूलाई आफ्नो सुरक्षाका लागि अन्य विकल्प खोज्न बाध्य पारेको दाबी गरे।

इरानलाई पराजित गरेपछि होर्मुज स्ट्रेटलाई अमेरिकी क्षेत्र घोषणा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको आलोचना गर्दै हातमीले इरानले अमेरिकी सेनालाई प्रभावकारी रूपमा पछि हट्न बाध्य पारेको बताए। उनले अब अमेरिकी सेनालाई फारसको खाडी, ओमान सागर वा होर्मुज स्ट्रेटमा प्रवेशको अनुमति नभएको दाबी समेत गरे।

यसैबीच, इरानले गत मार्च २ तारिखदेखि कतारले आफ्ना तीन जना पाइलटलाई नियन्त्रणमा राखेको आरोप लगाएको छ। अमेरिका र इजरायलसँगको युद्धका प्रारम्भिक दिनहरूमा इरानको ‘Su-24’ विमान कतारको एयर डिफेन्सको चपेटामा परेको र प्यारासुटमार्फत सुरक्षित ओर्लिएका पाइलटहरूलाई कतारी अधिकारीहरूले नियन्त्रणमा लिएको इरानको भनाइ छ।

इरानी सेनाको बेपत्ता खोजी समितिका प्रमुख जनरल सैयद मोहम्मद बागेरजादेहले रेडक्रसलाई पत्र लेख्दै नियन्त्रणमा रहेका पाइलटहरू जवाद सालेही, अब्दोलमजिद दश्तियान र ओमरान बेहरावेशियनको अवस्था सार्वजनिक गर्न र परिवारसँग सम्पर्क गराउन माग गरेका छन्। चौथो पाइलट माजिद काजेमीको भने मृत्यु भएको जनाइएको छ।

कतारद्वारा आरोपको खण्डन

कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले इरानको आरोपलाई पूर्ण रूपमा खण्डन गरेका छन्। कतारले कुनै पनि इरानी पाइलटलाई नियन्त्रणमा नराखेको उनले स्पष्ट पारे।

इरानी विमानले कतारी आकाशमा प्रवेश गरेपछि सम्पर्कको प्रयास गरिए पनि जवाफ नआएपछि अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो सीमा रक्षाका लागि कारबाही गरिएको कतारको भनाइ छ। मार्चको सुरुमा दुईवटा इरानी Su-24 विमान खसालेपछि गरिएको खोजीका क्रममा एक पाइलटको शव फेला परेको र सो शव हस्तान्तरणका लागि इरानसँग सम्पर्क गरिएको कतारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान, टर्की र साउदी अरेबियाबीच भएको 'मक्का संयुक्त रक्षा सम्झौता'को स्वागत गरेपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको प्रतिक्रिया आएको छ। प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति ट्रम्पको समर्थनप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साउदी अरेबिया र टर्कीसँग सहकार्य गर्दै पाकिस्तानले आफ्ना देशका साथै सम्पूर्ण क्षेत्रको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहने ...
: अरुणाचल प्रदेशको दिबाङ भ्याली जिल्लास्थित पासु पानी क्षेत्रमा आएको आकस्मिक बाढीमा परी भारतीय सेनाका पाँच जना जवान बेपत्ता भएका छन्, भने चार जना मजदुरको मृत्यु भएको छ। शुक्रबार बेलुकी करिब ४:३० बजे अचानक आएको लेदोसहितको बाढीले भारतीय सेनाको एक सैन्य शिविरका दुईवटा आश्रयस्थल बगाएको थियो। बाढीमा परी सेनाका कुल सात जवान बगेकोमा दुई जनालाई ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पेन्टागनलाई दक्षिण कोरियासँग सुरु हुन लागेको १० दिने संयुक्त सैन्य अभ्यास घटाउन निर्देशन दिएका छन्। उनले सैन्य अभ्यासको उच्च खर्च र इरानविरुद्धको अमेरिकी कदममा सोल (दक्षिण कोरिया) ले सहभागी हुन अस्वीकार गरेको विषयलाई यसको मुख्य कारण बताएका छन्। सैन्य अभ्यास सुरु हुनुभन्दा केही घण्टा अघि आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' ...
: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध ‘इतिहासमै कहिल्यै नदेखिएका’ कडा आर्थिक र समुद्री कदमहरू चाल्न लागिरहेको चेतावनी दिएका छन्। एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा बोल्दै अर्थमन्त्री बेसेन्टले आउँदो हप्ता हुने नयाँ घोषणाप्रति ध्यान दिन आग्रह गरे। उनले भने, 'हामी कुनै पनि देशलाई आर्थिक रूपमा पूर्ण रूपमा अलग्याउने (इकोनोमिक आइसोलेसन) इतिहासकै सबैभन्दा कडा कदमहरू लागू ...
। चीनको एउटा प्रयोगात्मक बुलेट ट्रेनले करिब ५ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति लिएर प्रवेग (गति बढाउने) सम्भव गराएर आफ्नै विश्व कीर्तिमान तोडेको छ। यसले अति-उच्च गतिको यातायातको लागि बाटो खोल्ने सम्भावना देखाएको छ। हुबेई प्रान्तस्थित डोङ्हु प्रयोगशालाको १ किलोमिटर लामो परीक्षण ट्र्याकमा यो भारी म्याग्लेभ ट्रेनले स्थिर अवस्थाबाट मात्र ५.३ सेकेन्डमा ८०० किलोमिटर प्रतिघण्टाको ...