मुख्य समाचार
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच भेटवार्ता
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच भेटवार्ता

: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच भेटवार्ता भएको छ। उनीहरूबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ। भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रधानसेनापति सिग्देलको निमन्त्रणामा उनी आइतबार काठमाडौं आएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछोड्ने स्पष्ट धारणा सार्वजनिक गरेपछि एमालेमा नेतृत्व रूपान्तरणको बहस फेरि चर्केको छ। गृह जिल्ला झापा पुगेका ओलीले ‘आफूलाई पद छोड्न माग गर्ने’ नेतामाथि उल्टै कारबाही गर्ने चेतावनी दिएका छन्। एमालेमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायतका नेताहरू ‘ओलीले नेतृत्व छोडेर पार्टी नेतृत्व रूपान्तरण गर्नुपर्ने’ माग गर्दै आएका ...
: पर्साको जगरनाथपुर गाउँपालिका-४ बाट ५ महिनाअघि प्रहरीले नियन्त्रणमा लिएको गाँजासहितको ट्याक्टर प्रकरणको अनुसन्धानका लागि प्रहरीले एक जना कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले अनुसन्धानका क्रममा पटेर्वासुगौली गाउँपालिका-१ सोनवर्षाका हयात अन्सारीलाई नियन्त्रणमा लिएको हो। उनलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले गत शुक्रबार नियन्त्रणमा लिएर सोही कार्यालयमा राखेको छ। गत फागुन २६ गते जगरनाथपुर गाउँपालिका–४ बाट २ सय ...
: कांग्रेसको संस्थापनइतर समूहले शेरबहादुर देउवालाई पार्टी ‘सभापति’ को मान्यता दिँदै उनकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनमा भाग नलिएको देउवा समूहले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकै निर्णय र आयोजनामा १५औं महाधिवेशन गर्ने निर्णय गरेको हो। यद्यपि, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको संस्थापन पक्षले १६ देखि १९ असोजमा १५औं महाधिवेशन आह्वान गरिसकेको ...
: नागपञ्चमीको अवसरमा भक्तपुर नगरपालिका- १० थालाछेँस्थित नागपोखरीमा विशेष पुजाअर्चना गरिएको छ । बिहानैदेखि श्रद्धालुहरुले दुध, अक्षता, चन्दन र फूल लगायतले श्रद्धापूर्वक पूजाआराधना गरिरहेका छन् । नागपोखरी परिसर भक्तजनले भरिभराउ भएको छ । मल्लकालमा भुपतिन्द्र मल्लले पाँच तले मन्दीर बनाउँदा थालाछेँको माटो प्रयोग गरीएको र त्यहाँ पोखरी निर्माण भएको किंवदन्ती रहेको स्थानीय वीरेन्द्र जति ...
: विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारगारमा बिहान ४:३० बजेदेखि खानतलासी सुरु भएको हो। लागुऔषध लगायतका अवैध वस्तु राख्ने गरिएको जानकारी पाएपछि सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको हो। एसपी कटवालले यो ...