मुख्य समाचार
५ महिनाअघि प्रहरीले नियन्त्रणमा लिएको गाँजासहितको ट्याक्टर प्रकरणको अनुसन्धानका लागि प्रहरीले एक जना कारोबारीलाई पक्राउ
५ महिनाअघि प्रहरीले नियन्त्रणमा लिएको गाँजासहितको ट्याक्टर प्रकरणको अनुसन्धानका लागि प्रहरीले एक जना कारोबारीलाई पक्राउ

: पर्साको जगरनाथपुर गाउँपालिका-४ बाट ५ महिनाअघि प्रहरीले नियन्त्रणमा लिएको गाँजासहितको ट्याक्टर प्रकरणको अनुसन्धानका लागि प्रहरीले एक जना कारोबारीलाई पक्राउ गरेको छ।

प्रहरीले अनुसन्धानका क्रममा पटेर्वासुगौली गाउँपालिका-१ सोनवर्षाका हयात अन्सारीलाई नियन्त्रणमा लिएको हो। उनलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले गत शुक्रबार नियन्त्रणमा लिएर सोही कार्यालयमा राखेको छ।

गत फागुन २६ गते जगरनाथपुर गाउँपालिका–४ बाट २ सय १३ केजी गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसबेला ट्याक्टरका चालक र तस्करहरू फरार भएकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको थियो।

उक्त ट्याक्टरको धनी खोजी तथा अनुसन्धानका क्रममा हयात अन्सारीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले पुष्टि गरे। उनले भने, 'शंका लागेर उनलाई अनुसन्धानका लागि ल्याइएको हो। बरामद ट्याक्टरका धनीको नाम खुल्न बाँकी रहेकाले यातायात व्यवस्था कार्यालयसँग समन्वय भइरहेको छ।'

प्रहरी स्रोतका अनुसार मकवानपुरको मनहरीका एक गाँजा कारोबारीलाई लेनदेन विवादमा सोनवर्षाका समसुल र हयात लगायतका व्यक्तिहरूले ५–७ दिनदेखि सोनवर्षामै बन्धक बनाएर राखेका थिए। त्यसपछि मनहरीका ती कारोबारीकी पत्नीले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा खटिएको प्रहरी टोलीले ती कारोबारीको उद्धार गरी पत्नीको जिम्मा लगाएर घर पठाएको थियो भने हयातलाई नियन्त्रणमा लिएको थियो।

ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अधिकारीले भने, 'अपहरण वा बन्धक नै बनाएको भने होइन। लेनदेनको विवादमा ती व्यक्तिलाई सोनवर्षास्थित एक कुखुरा फार्ममा राखिएको रहेछ। हामीले उनलाई श्रीमतीको जिम्मा लगाएर घर पठायौँ र हयात अन्सारीलाई अनुसन्धानका लागि हिरासतमा राखेका छौँ।'

मकवानपुरको पहाडी भेगमा उत्पादित गाँजा र चरेस भरियामार्फत पर्सा राष्ट्रिय निकुञ्जको बाटो हुँदै पर्साको सोनवर्षा, सुवर्णपुर, विजयबस्ती लगायतका गाउँमा ल्याएर भण्डारण गर्ने गरिन्छ। त्यहाँबाट रातिको समयमा मोटरसाइकल तथा ट्याक्टरमा लोड गरी भारततर्फ तस्करी हुने गरेको छ। साथै पटेर्वासुगौली गाउँपालिकाको रंगपुरगादी र सोनवर्षामा गाँजा कारोबारीहरूको जमघट हुने र गाँजाकाे आर्थिक लेनदेन हुने गरेको स्थानीयले बताएका छन्

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कांग्रेसको संस्थापनइतर समूहले शेरबहादुर देउवालाई पार्टी ‘सभापति’ को मान्यता दिँदै उनकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनमा भाग नलिएको देउवा समूहले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकै निर्णय र आयोजनामा १५औं महाधिवेशन गर्ने निर्णय गरेको हो। यद्यपि, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको संस्थापन पक्षले १६ देखि १९ असोजमा १५औं महाधिवेशन आह्वान गरिसकेको ...
: नागपञ्चमीको अवसरमा भक्तपुर नगरपालिका- १० थालाछेँस्थित नागपोखरीमा विशेष पुजाअर्चना गरिएको छ । बिहानैदेखि श्रद्धालुहरुले दुध, अक्षता, चन्दन र फूल लगायतले श्रद्धापूर्वक पूजाआराधना गरिरहेका छन् । नागपोखरी परिसर भक्तजनले भरिभराउ भएको छ । मल्लकालमा भुपतिन्द्र मल्लले पाँच तले मन्दीर बनाउँदा थालाछेँको माटो प्रयोग गरीएको र त्यहाँ पोखरी निर्माण भएको किंवदन्ती रहेको स्थानीय वीरेन्द्र जति ...
: विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारगारमा बिहान ४:३० बजेदेखि खानतलासी सुरु भएको हो। लागुऔषध लगायतका अवैध वस्तु राख्ने गरिएको जानकारी पाएपछि सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको हो। एसपी कटवालले यो ...
: भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा मृत्यु भएका हिरालाल हजाराको परिवारले सरकारसँग भएको सहमति पुनरावलोकन गरी पुनः लिखित सहमति गर्न माग गरेको छ। हिरालालका छोरा रवि पासवानले शुक्रबार सरकारसँग भएको पाँचबुँदे सहमतिका विषयमा आफूहरू पूर्ण रूपमा जानकार नरहेको र दबाबमा हस्ताक्षर गराइएको दाबी गरेका छन्। उनका अनुसार बुवाको आत्मदाहपछि परिवारमा मानसिक तनाव बढेको र आफू पनि बिरामी ...
: नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन दिएको छ। निगमले २०८३ भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ। उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको ...