मुख्य समाचार
भक्तपुरको नागपोखरीमा भक्तजनले भरिभराउ
भक्तपुरको नागपोखरीमा भक्तजनले भरिभराउ

: नागपञ्चमीको अवसरमा भक्तपुर नगरपालिका- १० थालाछेँस्थित नागपोखरीमा विशेष पुजाअर्चना गरिएको छ । बिहानैदेखि श्रद्धालुहरुले दुध, अक्षता, चन्दन र फूल लगायतले श्रद्धापूर्वक पूजाआराधना गरिरहेका छन् । नागपोखरी परिसर भक्तजनले भरिभराउ भएको छ ।

मल्लकालमा भुपतिन्द्र मल्लले पाँच तले मन्दीर बनाउँदा थालाछेँको माटो प्रयोग गरीएको र त्यहाँ पोखरी निर्माण भएको किंवदन्ती रहेको स्थानीय वीरेन्द्र जति बताउँछन् । पोखरीको छेउमा उमामहेश्वरको मूर्ति स्थापना गरिएको छ । उमामहेश्वरको रक्षक समेत मानिने नाग देवताको प्रतिमा पोखरीको बीचमा बिराजमान देखिन्छ ।

नागपोखरी संरक्षण समितिका अध्यक्ष अनिल देउपालाका अनुसार भक्तपुरबासीको लागि नागको ठुलो महत्व छ । प्रत्येक घरमा नागको पूजा गरिन्छ भने नागलाई आवतजावत गर्न सहज होस् भन्ने हेतुले हरेक घर निर्माण गर्दा नाग वारपार गर्न सक्नेगरी एकछाउमा बाटो राख्ने गरिन्छ ।

नागपोखरी संरक्षणका लागि भक्तपुर नगरपालिकाले समेत सहयोग गरेको र दिनभर स्थानीयको सहभागितामा भजन कीर्तन आयोजना गरिएको समितिका सदस्य सत्यनारायण रन्जितकारले बताए । 'साँझमा दीपावली र सास्कृतिक कार्यक्रम हुनेछ ।'उनले भने ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति प्रकृति र जनजीवनबीच गहिरो अन्तरसम्बन्ध रहेकोले नागपूजाको महत्व ठुलो रहेको बताउँछन् ।

भक्तपुर पोखरीहरूको नगरी भएको र नागपोखरीले मौलिक संस्कृतिको आफ्नै विशिष्ट पहिचान बनाएको उनले बताए । आन्तरिक एवं बाह्र धार्मिक पर्यटनको लागि पनि यो महत्वपूर्ण भएको स्थानीयको भनाइ छ । नाग देवता प्रसन्न भए वर्षा हुने, कृषि उत्पादन बढ्ने, धनको रक्षा हुने सुखशान्ति मिल्ने धार्मिक जनबिश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्साको जगरनाथपुर गाउँपालिका-४ बाट ५ महिनाअघि प्रहरीले नियन्त्रणमा लिएको गाँजासहितको ट्याक्टर प्रकरणको अनुसन्धानका लागि प्रहरीले एक जना कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले अनुसन्धानका क्रममा पटेर्वासुगौली गाउँपालिका-१ सोनवर्षाका हयात अन्सारीलाई नियन्त्रणमा लिएको हो। उनलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले गत शुक्रबार नियन्त्रणमा लिएर सोही कार्यालयमा राखेको छ। गत फागुन २६ गते जगरनाथपुर गाउँपालिका–४ बाट २ सय ...
: कांग्रेसको संस्थापनइतर समूहले शेरबहादुर देउवालाई पार्टी ‘सभापति’ को मान्यता दिँदै उनकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनमा भाग नलिएको देउवा समूहले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकै निर्णय र आयोजनामा १५औं महाधिवेशन गर्ने निर्णय गरेको हो। यद्यपि, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको संस्थापन पक्षले १६ देखि १९ असोजमा १५औं महाधिवेशन आह्वान गरिसकेको ...
: विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारगारमा बिहान ४:३० बजेदेखि खानतलासी सुरु भएको हो। लागुऔषध लगायतका अवैध वस्तु राख्ने गरिएको जानकारी पाएपछि सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको हो। एसपी कटवालले यो ...
: भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा मृत्यु भएका हिरालाल हजाराको परिवारले सरकारसँग भएको सहमति पुनरावलोकन गरी पुनः लिखित सहमति गर्न माग गरेको छ। हिरालालका छोरा रवि पासवानले शुक्रबार सरकारसँग भएको पाँचबुँदे सहमतिका विषयमा आफूहरू पूर्ण रूपमा जानकार नरहेको र दबाबमा हस्ताक्षर गराइएको दाबी गरेका छन्। उनका अनुसार बुवाको आत्मदाहपछि परिवारमा मानसिक तनाव बढेको र आफू पनि बिरामी ...
: नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन दिएको छ। निगमले २०८३ भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ। उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको ...