: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान, टर्की र साउदी अरेबियाबीच भएको 'मक्का संयुक्त रक्षा सम्झौता'को स्वागत गरेपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको प्रतिक्रिया आएको छ।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति ट्रम्पको समर्थनप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साउदी अरेबिया र टर्कीसँग सहकार्य गर्दै पाकिस्तानले आफ्ना देशका साथै सम्पूर्ण क्षेत्रको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहने उनले स्पष्ट पारेका छन्।
यसैक्रममा सरिफले राष्ट्रपति ट्रम्पको साहसिक र निर्णायक नेतृत्वको प्रशंसा गर्दै यस कदमले दक्षिण एशियामा हुनसक्ने सम्भावित परमाणु जोखिमलाई टार्न र लाखौँ मानिसको ज्यान जोगाउन मद्दत पुर्याएको बताए। उनले आफ्ना जनताको उज्ज्वल र समृद्ध भविष्यका लागि दिगो शान्ति नै पहिलो शर्त भएको उल्लेख गरेका छन्।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले मक्का सम्झौतामा सहभागी तीनवटै देशका नेताहरूलाई बधाई दिँदै यसलाई एक साहसिक कदमको रूपमा टिप्पणी गरेका थिए।