मुख्य समाचार
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूविरुद्ध पछिल्लो तीन दिनमा धेरै निन्दा भएको बताए
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूविरुद्ध पछिल्लो तीन दिनमा धेरै निन्दा भएको बताए

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूविरुद्ध पछिल्लो तीन दिनमा धेरै निन्दा भएको बताएका छन्। कांग्रेसको संस्थापन इतर भेलालाई लक्षित गर्दै उनले आफूवरुद्ध धेरै निन्दा गरिएको बताए।।

‘बीपी र विद्रोहका ती दिन’ को औपचारिक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘धर्तीमा जन्मिएदेखि आजसम्म जानेर वा नजानेर जति मेरो निन्दा भएको थियो, त्योभन्दा धेरै यो तीन दिनमा भयो। जता हेर्‍यो त्यतै निन्दाका हेडलाइनहरू देख्छु। भोलि तपाईंहरूलाई बोलाए एक घन्टा बोल्छु।’

थापाले जननायक बीपी कोइरालाका विचार र निर्णयलाई नेताहरूले आफ्नो अनुकूलता र सुविधाअनुसार मात्रै व्याख्या गर्न नहुने बताए। उनले बीपी कोइराला केवल राजनीतिक दलका नेता नभई समयभन्दा अगाडि देख्न सक्ने महान् चिन्तक भएको उल्लेख गरे।

उनले २०३३ सालमा बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति तत्कालीन राजनीतिक परिवेश, राष्ट्रिय सार्वभौमसत्ता र लोकतान्त्रिक मूल्य-मान्यतासँग जोडिएको ऐतिहासिक निर्णय भएको बताए। अहिले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न रातारात बीपीलाई सम्झिने र आफूलाई जे मन लाग्छ, त्यहीअनुसार बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै थापाले आपत्ति जनाए। कांग्रेसका नेताहरूले समेत आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसङ्गमा बीपी कोइरालालाई सम्झिने गरेको उनको टिप्पणी थियो।

थापाले राजनीतिक सफलता र असफलताको परिभाषा पद वा सत्ता प्राप्तिमा मात्र सीमित गर्न नहुने बताए। लेखक धर्म गौतमजस्ता पुरानो पुस्ताका सयौं-हजारौं निष्ठावान् कार्यकर्ताको जीवनभरको त्याग र समर्पणकै कारण आज मुलुकमा लोकतन्त्र सम्भव भएको उनले स्मरण गरे। कति पटक मन्त्री, सांसद वा मेयर बनियो भन्ने आधारमा मात्रै व्यक्तिको राजनीतिक मूल्यांकन गर्दा निष्ठाको राजनीति ओझेलमा पर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्। आइतबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा घोषणा गरेका हुन्। विश्वासको मत पेस गर्ने क्रममा उनले राजीनामा दिएको घोषणा गरेका हुन्। सरकार आफूसँगै रहेका दलहरूले छाडेर गएपछि मुख्यमन्त्रीको कुर्सीमा बस्न उपयुक्त लागेर मार्ग प्रशस्त गर्ने निर्णय लिएको उनले बताए। उनले विभिन्न आन्दोलन तथा शान्ति प्रक्रिया हुँदै सँगै ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको भन्दै फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनुपर्ने ...
: नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले मधेश प्रदेशमा घटेका दुई साम्प्रदायिक घटनामा सरकारले पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै शाहले २०८२ चैत्र ७ गते कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ बरगदामा भएको घटना र हालै सुनसरीमा भएको घटनामा सरकारले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका हुन् । दुवै घटनाको ...
: हरेक महिना गृहजिल्ला गोरखा आउने कार्यक्रम बनाएका गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखा-१ का विभिन्न ठाउँमा पुगी मतदातासँग भेटघाट गरेका छन्। शुक्रबार मन्त्रालयको काम सकेर साँझ अबेर आरुघाट आइपुगेका मन्त्री गुरुङ शनिबारदेखि मतदाता भेटघाट कार्यक्रममा सरिक भएका हुन्। शनिबार भीमसेनथापा गाउँपालिकाका विभिन्न गाउँबस्तीमा पुगी मतदाता भेटघाट गरेका उनीसँगै हिँडेका रास्वपाका जिल्ला नेता ध्रुव अधिकारीले ...
: राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान ...