मुख्य समाचार
अरुणाचल प्रदेशको दिबाङ भ्याली जिल्लास्थित पासु पानी क्षेत्रमा आएको आकस्मिक बाढीमा परी भारतीय सेनाका पाँच जना जवान बेपत्ता भएका छन्, भने चार जना मजदुरको मृत्यु
अरुणाचल प्रदेशको दिबाङ भ्याली जिल्लास्थित पासु पानी क्षेत्रमा आएको आकस्मिक बाढीमा परी भारतीय सेनाका पाँच जना जवान बेपत्ता भएका छन्, भने चार जना मजदुरको मृत्यु

: अरुणाचल प्रदेशको दिबाङ भ्याली जिल्लास्थित पासु पानी क्षेत्रमा आएको आकस्मिक बाढीमा परी भारतीय सेनाका पाँच जना जवान बेपत्ता भएका छन्, भने चार जना मजदुरको मृत्यु भएको छ।

शुक्रबार बेलुकी करिब ४:३० बजे अचानक आएको लेदोसहितको बाढीले भारतीय सेनाको एक सैन्य शिविरका दुईवटा आश्रयस्थल बगाएको थियो। बाढीमा परी सेनाका कुल सात जवान बगेकोमा दुई जनालाई सकुशल उद्धार गरिएको छ । बेपत्ता पाँचै जना जवान भारतीय सेनाको ५ औँ ग्रेनेडियर्स बटालियनका हुन्। बेपत्ता हुनेहरूमा उपेन्द्र, कुन्दन, विनोद, आदित्य र समुन्डा रहेको खुलेको छ।

दिबाङ भ्यालीकी अतिरिक्त जिल्ला उपायुक्त ज्याली उम्पोले बाढीमा मानिसहरू बेपत्ता भएको पुष्टि गर्दै बाढी आउनुको मुख्य कारण बादल फुट्नु रहेको बताएकी छन्।

बेपत्ता जवानहरूको खोजी कार्य जारी रहेको छ। अन्तर्राष्ट्रिय सीमा नजिकै घटेको उक्त घटनापछि बेपत्ताको खोजीका लागि भारतीय सेना, राष्ट्रिय आपतकालीन प्रतिक्रिया बल, राज्य आपतकालीन प्रतिक्रिया बल र जिल्ला प्रशासनको संयुक्त टोली परिचालन गरिएको छ। उम्पाेका अनुसार अविरल वर्षापछि एउटा ठूलो खोलामा अचानक बाढी आएको र त्यसले आसपासको दिबाङ भ्याली क्षेत्र डुबानमा परेकाे छ ।

यसैबीच, अरुणाचलकै अपर सुबनसिरी जिल्स्थित केओजारिङ-ब्याचिङ सडक निर्माण स्थलमा गएको पहिरोमा पुरिएर चार जना मजदुरको पनि मृत्यु भएको छ। मृत्यु हुनेहरूमा ताडु बाकी, ताजी राय, मार्कोस बसुमतारी र बाबुल अली रहेका छन्। लगातारको भारी वर्षाका कारण क्षेत्रका धेरै भाग जलमग्न हुनुका साथै यातायात र उद्धार कार्यसमेत प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पेन्टागनलाई दक्षिण कोरियासँग सुरु हुन लागेको १० दिने संयुक्त सैन्य अभ्यास घटाउन निर्देशन दिएका छन्। उनले सैन्य अभ्यासको उच्च खर्च र इरानविरुद्धको अमेरिकी कदममा सोल (दक्षिण कोरिया) ले सहभागी हुन अस्वीकार गरेको विषयलाई यसको मुख्य कारण बताएका छन्। सैन्य अभ्यास सुरु हुनुभन्दा केही घण्टा अघि आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' ...
: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध ‘इतिहासमै कहिल्यै नदेखिएका’ कडा आर्थिक र समुद्री कदमहरू चाल्न लागिरहेको चेतावनी दिएका छन्। एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा बोल्दै अर्थमन्त्री बेसेन्टले आउँदो हप्ता हुने नयाँ घोषणाप्रति ध्यान दिन आग्रह गरे। उनले भने, 'हामी कुनै पनि देशलाई आर्थिक रूपमा पूर्ण रूपमा अलग्याउने (इकोनोमिक आइसोलेसन) इतिहासकै सबैभन्दा कडा कदमहरू लागू ...
। चीनको एउटा प्रयोगात्मक बुलेट ट्रेनले करिब ५ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति लिएर प्रवेग (गति बढाउने) सम्भव गराएर आफ्नै विश्व कीर्तिमान तोडेको छ। यसले अति-उच्च गतिको यातायातको लागि बाटो खोल्ने सम्भावना देखाएको छ। हुबेई प्रान्तस्थित डोङ्हु प्रयोगशालाको १ किलोमिटर लामो परीक्षण ट्र्याकमा यो भारी म्याग्लेभ ट्रेनले स्थिर अवस्थाबाट मात्र ५.३ सेकेन्डमा ८०० किलोमिटर प्रतिघण्टाको ...
। पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६५ पुगेको छ भने भग्नावशेषमा फसेका मानिसको खोजी जारी रहँदा करिब ५०० जना अझै बेपत्ता छन्। लगातार आइरहेका परकम्पले उद्धार तथा खोजी कार्यमा चुनौती थपिए पनि सुरक्षाकर्मी र उद्धारकर्मीले प्रभावित क्षेत्रमा अभियान जारी राखेका छन्। कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै ...
: चीनका राजदूतसँग भेटवार्ता गरे लगत्तै इरानका नयाँ सुरक्षा प्रमुखले अमेरिकासँग करिब ६ महिनादेखि जारी युद्ध नरोकिने बताएका छन् । इरानको सन्देश स्पष्ट रहेको भन्दै मोहसेन रेजाइले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा नगरेसम्म र लेबनान तथा गाजासहित क्षेत्रव्यापी युद्धविराममा सहमत नभएसम्म होर्मुज जलडमरू ...