मुख्य समाचार
डलरसहित नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ
डलरसहित नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुईजना पक्राउ परेका छन्। नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४१५ मार्फत काठमाडौंबाट क्वालालम्पुर जान लागेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ४५ वर्षीय जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीय ममता पाण्डे रहेका छन्। उनीहरू दुवैजना नेपाल एयरलाइन्सका कर्मचारी हुन्। पाण्डे सिनियर लेखा अधिकृत हुन् भने बज्रचार्य जुनियर लेखा अधिकृत हुन्।

प्रहरीका अनुसार बज्राचार्यको साथबाट ४ हजार ३०० अमेरिकी डलर बरामद भएको छ। त्यस्तै,पाण्डेको साथबाट ४ हजार २०० अमेरिकी डलर बरामद भएको हो।

विमानस्थलमा जाँचका क्रममा उनीहरूको साथबाट विदेशी मुद्रा फेला परेको हो। आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि दुवैजनालाई बरामद मुद्रासहित पुल्चोकसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हरेक महिना गृहजिल्ला गोरखा आउने कार्यक्रम बनाएका गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखा-१ का विभिन्न ठाउँमा पुगी मतदातासँग भेटघाट गरेका छन्। शुक्रबार मन्त्रालयको काम सकेर साँझ अबेर आरुघाट आइपुगेका मन्त्री गुरुङ शनिबारदेखि मतदाता भेटघाट कार्यक्रममा सरिक भएका हुन्। शनिबार भीमसेनथापा गाउँपालिकाका विभिन्न गाउँबस्तीमा पुगी मतदाता भेटघाट गरेका उनीसँगै हिँडेका रास्वपाका जिल्ला नेता ध्रुव अधिकारीले ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूविरुद्ध पछिल्लो तीन दिनमा धेरै निन्दा भएको बताएका छन्। कांग्रेसको संस्थापन इतर भेलालाई लक्षित गर्दै उनले आफूवरुद्ध धेरै निन्दा गरिएको बताए।। ‘बीपी र विद्रोहका ती दिन’ को औपचारिक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘धर्तीमा जन्मिएदेखि आजसम्म जानेर वा नजानेर जति मेरो निन्दा भएको थियो, त्योभन्दा धेरै यो तीन दिनमा ...
: राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारमा पाँच जना मन्त्री नामको टुंगो लगाएको छ। नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रीमा जीवन आचार्य, सामाजिक विकास मन्त्रीमा गीता तिमल्सिना, पर्यटन, वन तथा वातावरण मन्त्रीमा खिनु लिम्बु, आन्तरिक मामिला तथा योजना मन्त्रीमा गुम्बु शेर्पा र भौतिक पूर्वाधार राज्य मन्त्रीमा सपना दर्जीलाई टुंगो लगाएको हो। नेकपा एमालेका अध्यक्ष केपी ...
: स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत् विधेयक निर्माण गर्नुपर्ने मागसहित ऊर्जा क्षेत्रको विकास, विस्तार र लगानीमैत्री वातावरण निर्माणका लागि तत्काल गर्नुपर्ने नीतिगत तथा कानुनी सुधारबारे जानकारी गराएको छ। इप्पानका अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेर उक्त ...