मुख्य समाचार
म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ : देउवा
म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ : देउवा

: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आफूले नमानेको जानकारी दिएका छन्। कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन स्वीकार नगरेपनि अदालतले गरेको निर्णयलाई स्वीकार गरेको बताएका हुन्।

उनले कांग्रेसको विचाराधीन मुद्दामा अदालतले न्याय दिने विश्वास व्यक्त गरे। उनले हिन्दूको विषयमा बोलिदिन आग्रह गरेकाले उनले आफू हिन्दू भएको बताए। ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ।’ उनले भने, ‘म पशुपतिनाथ जान्छु। पूजा गर्छु।’

देउवाले आफूले बुद्धिजम (बौद्ध धर्म) लाई पनि उत्तिकै मान्ने उल्लेख गरे। ‘बुद्धिजमलाई संसारले मानेको छ। बुद्धिजम वैज्ञानिक धर्म पनि हो’ देउवाले भने। उनले नेपालमा प्राकृतिक धर्म मान्ने समाज पनि रहेकाले राई, लिम्बुलाई पनि सम्मान गर्नुपर्ने बताए।




उनले नेपाल के हुने भन्ने कुरा नेपाली जनतामा निर्भर रहने बताए। उनले नेता कार्यकर्ताले दिएको साथ कहिले नबिर्सने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको हो । काठमाडौंको माइतिघरमा हस्ताक्षर अभियान सुरु गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत र इन्डक्सनलाई प्रोत्साहन ...
: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुईजना पक्राउ परेका छन्। नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४१५ मार्फत काठमाडौंबाट क्वालालम्पुर जान लागेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ४५ वर्षीय जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीय ममता पाण्डे रहेका छन्। उनीहरू दुवैजना नेपाल एयरलाइन्सका कर्मचारी हुन्। ...
: सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ। अर्थ मन्त्रालयका अनुसार ३५० रुपैयाँको सामान किन्ने व्यक्तिले १० लाख पुरस्कार पाएका छन्। ती व्यक्तिले गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेसन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै सरकारले एक-एक लाख प्राप्त गर्ने १६ जना विजेताको नाम पनि घोषणा गरेको ...
: नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भेलाका संयोजक डा.शशांक कोइरालाले राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्ताबीच बढेको मित्रता र एकता कायम राख्न आग्रह गरेका छन्। आइतबार राष्ट्रिय भेला समापन समारोहलाई सम्बोधन गर्दै कोइरालाले तीन दिनसम्म सँगै बसेर आपसी सम्बन्ध र मित्रता थप प्रगाढ भएको बताए। ‘तपाईंहरूलाई बिदाइ गर्न मलाई पीडा भइरहेको छ। तीन दिन हामी बस्यौं,खायौं। ...
: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ ...