मुख्य समाचार
पक्राउ परेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै
पक्राउ परेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

: वैयक्तिक गोपनीयतासम्बन्धी कसूरको आरोपमा पक्राउ परेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। रिटको पेशी न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ।

यसअघि साउन २९ गते सर्वोच्च अदालतले श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। सोही आदेश अनुसार प्रहरीले श्रेष्ठलाई अदालतमा उपस्थित गराएको हो।सर्वोच्चले श्रेष्ठको कार्यालय तथा घरबाट बरामद सामान पनि अदालतमा पेश गर्न आदेश दिएको हो।

प्रहरीले श्रेष्ठलाई साउन २७ गते राति पक्राउ गरेको थियो। पक्राउलगत्तै प्रहरीले उनको घरमा छापा मारेर ल्यापटपलगायत महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको बताइएको छ।

रिटमा काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर,भद्रकालीलाई विपक्षी बनाइएको छ। श्रेष्ठमाथि अनुसन्धानका लागि जिल्ला अदालतले गत बिहीबार तीन दिनको म्याद थप गरेको थियो। उनी हाल प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुईजना पक्राउ परेका छन्। नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४१५ मार्फत काठमाडौंबाट क्वालालम्पुर जान लागेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ४५ वर्षीय जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीय ममता पाण्डे रहेका छन्। उनीहरू दुवैजना नेपाल एयरलाइन्सका कर्मचारी हुन्। ...
: सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ। अर्थ मन्त्रालयका अनुसार ३५० रुपैयाँको सामान किन्ने व्यक्तिले १० लाख पुरस्कार पाएका छन्। ती व्यक्तिले गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेसन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै सरकारले एक-एक लाख प्राप्त गर्ने १६ जना विजेताको नाम पनि घोषणा गरेको ...
: नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भेलाका संयोजक डा.शशांक कोइरालाले राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्ताबीच बढेको मित्रता र एकता कायम राख्न आग्रह गरेका छन्। आइतबार राष्ट्रिय भेला समापन समारोहलाई सम्बोधन गर्दै कोइरालाले तीन दिनसम्म सँगै बसेर आपसी सम्बन्ध र मित्रता थप प्रगाढ भएको बताए। ‘तपाईंहरूलाई बिदाइ गर्न मलाई पीडा भइरहेको छ। तीन दिन हामी बस्यौं,खायौं। ...
: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आफूले नमानेको जानकारी दिएका छन्। कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन स्वीकार नगरेपनि अदालतले गरेको निर्णयलाई स्वीकार गरेको बताएका हुन्। उनले कांग्रेसको विचाराधीन मुद्दामा अदालतले न्याय दिने विश्वास व्यक्त गरे। उनले हिन्दूको विषयमा बोलिदिन आग्रह गरेकाले उनले आफू हिन्दू भएको बताए। ‘म हिन्दु हुँ, ...
: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ ...