। भक्तपुर, तनहुँ र चितवनबाट तीन जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भक्तपुरको दुवाकोटबाट काठमाडौंको अनामनगर बस्ने ३२ वर्षीय अजय डंगोललाई ८१२ चक्की ट्रमाडोलसहित पक्राउ गरिएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
यसैगरी तनहुँको आबुखैरेनी गाउँपालिका ३ प्रगति टोलबाट पनि हिजो साँझ प्रहरीले लागुऔषद बरामद गरेको जनाएको छ ।
स्थानीय साजन श्रेष्ठको मासु पसलबाट ट्रमाडोल, प्रोमोथाइजिन लगायतका लागुऔषध र केही नगद बरामद गरेको प्रहरीले जनाएको छ । श्रेष्ठ भने फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।
चितवनबाट दुई युवक पक्राउ
यसैगरी चितवनको फुलचोकबाट पनि हिजो साँझ लागुपदार्थ र नगदसहित दुई जना पक्राउ परेका छन् ।
चितवनको रत्ननगर नगरपालिका ३ बस्ने २५ वर्षीय आशिष पुरी र रत्ननगर नगरपालिका ७ बाघमारा बस्ने ३८ वर्षीय दिनेश सुनार पक्राउ परेका हुन् ।
हिजो साँझ साढे छ बजे ना १५ प ८४८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट २ ग्राम ७३० मिलीग्राम खैरो हिरोइन र नगद २७ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।