मुख्य समाचार
किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ
किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

: जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार श्रेष्ठको निवासमा खानतलासी र सञ्चार माध्यमको कार्यालयमा समेत छापा मारिएको घटनाप्रति काउन्सिलले आपत्ति जनाएको हो।

काउन्सिलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्युटरलगायतका सामग्री जफत गरिएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको हो।

'सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धरान उपमहानगरपालिकाले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले धरान उपमहानगरपालिकाको १९औँ नगर सभामा बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका विवादलाई सामान्यीकरण गरेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नगर सभामा पेस गरेको बताए । उनले बजेटमार्फत ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलक्षित गर्दै फेरि अभिव्यक्ति दिएका छन् । बिहीबार राति फेसबुकमा सांसद सुनारले राखेको स्टाटसमा बर्दी र फुली देखाएर धम्काउँदैमा हिजोका मुद्दा नसकिने टिप्पणी गरिएको छ । ‘एक हजार अर्ब भन्दा धेरै राज्यमा बेरुजु छ । भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति–कति,’ उनले लेखेका छन्, ‘राज्यको ...
। भक्तपुर, तनहुँ र चितवनबाट तीन जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भक्तपुरको दुवाकोटबाट काठमाडौंको अनामनगर बस्ने ३२ वर्षीय अजय डंगोललाई ८१२ चक्की ट्रमाडोलसहित पक्राउ गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । यसैगरी तनहुँको आबुखैरेनी गाउँपालिका ३ प्रगति टोलबाट पनि हिजो साँझ प्रहरीले लागुऔषद बरामद गरेको ...
। काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ । पैदलयात्री भने घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौंको थली बस्ने ४० वर्षीय रवि सिम्खडा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दोलालघाटबाट धुलिखेलतर्फ आइरहेको बागमती प्रदेश ०१–०१६ ...
। सरकार र आन्दोलनरत लघुवित्त पीडितहरूबीच बिहीबार सात बुँदे सम्झौता भएको छ । लघुवित्त संस्थाका समस्या समाधान समिति गठन गर्न सरकारले सिफारिस गर्ने, समस्याका परेका लघुवित्त ऋणीहरूको पुनरोत्थानका लागि पुनर्स्थापना कार्यक्रम लगायतका विषयमा सहमति भएको हो । योसँगै लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलनले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ । सम्झौता पत्रमा आन्दोलनका तर्फबाट रेशम ...