मुख्य समाचार
सगरमाथामा इन्धन र पिसाबको ताप: एकै सिजनमा ८ लाख मेगाजुल ग्यास उत्सर्जन
सगरमाथामा इन्धन र पिसाबको ताप: एकै सिजनमा ८ लाख मेगाजुल ग्यास उत्सर्जन

: सन् २०२३ को करिब ५० दिन अर्थात् सगरमाथा आधारशिविरमा आरोहणको एउटा सिजनमा भएका मानवीय गतिविधिबाट मात्रै करिब ८ लाख ४९ हजार १ सय ७४ मेगाजुल ऊर्जाबराबरको ग्यास उत्सर्जन भएको एक अध्ययनले देखाएको छ। हिमाली क्षेत्रमा मानिसको बाक्लो उपस्थिति र गतिविधिले वातावरणमा तीव्र नकारात्मक प्रभाव पारिरहेको भन्दै उक्त अध्ययनले गम्भीर चिन्ता व्यक्त गरेको छ।

‘इफेक्ट्स अफ ह्युमन एक्टिभिटी अन खुम्बु ग्लेसियरः टुवड्र्स अ सस्टेनेबल एभरेस्ट बेस क्याम्प’ शीर्षकको अध्ययनअनुसार सन् २०२३ मा सगरमाथा आधारशिविरबाट ६० हजार केजी फोहोर व्यवस्थापन गरिएको थियो। सोही सिजनमा ८ सय २४ वटा एलपीजी ग्यास सिलिन्डर, १८ हजार ९ सय ३५ लिटर मट्टीतेल र ५ हजार १ सय ३० लिटर पेट्रोल खपत भएको थियो। इन्धनको यो खपतबाट निस्कने ताप र ऊर्जाले मात्रै करिब २ हजार ३ सय ३८ टन हिउँ पग्लिन सक्ने अध्ययनको अनुमान छ।

सोही वर्ष आधारशिविरमा करिब ३१ हजार ८ सय १० लिटर पिसाब विसर्जन गरिएको अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा मानिसले बढी पानी पिउने भएकाले प्रतिव्यक्ति दैनिक औसत ३.१ लिटर पिसाब जम्मा हुने गर्छ। अध्ययनअनुसार एउटा सिजनमा मानिसको पिसाबको तापक्रम र मात्राका कारण मात्रै १ सय ५४ टन हिउँ पग्लिने गर्छ। समग्रमा इन्धन, पिसाब र अन्य मानवीय गतिविधिबाट गरेर एकै सिजनमा करिब २५ सय टन हिउँ पग्लिने अध्ययनको निष्कर्ष छ।




अध्ययनका मुख्य लेखक खिमलाल गौतम हुन्। सहलेखक तथा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय वातावरण विभागका सहप्राध्यापक डा. सुदीप ठकुरीका अनुसार पछिल्ला केही दशकयताका मानवीय क्रियाकलापले खुम्बु हिमनदी पगाल्न प्रत्यक्ष मद्दत गरिरहेका छन्।
‘खाना पकाउन प्रयोग हुने ग्यास र मट्टीतेल तथा कोठा तताउन र बत्ती बाल्दा प्रयोग हुने ऊर्जाको केही हिस्सा वातावरणमा मिसिन्छ। त्यो ऊर्जा वायुमण्डलमा विलीन भए पनि हिमाली वातावरणमा पुग्दा त्यसले हिउँ पगाल्न बल पुर्‍याउँछ,’ सहप्राध्यापक ठकुरीले भने।

सन् १९९१ देखि २०२३ सम्मका मानवीय गतिविधिलाई विश्लेषण गरिएको उक्त अध्ययनले आधारशिविर क्षेत्रमा वार्षिक ०.२८ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको जनाएको छ। यो वृद्धिदर खुम्बु हिमनदीको आसपासको क्षेत्रको तुलनामा झन्डै दोब्बर र आधारशिविरको उत्तरतर्फको भग्नावशेषयुक्त क्षेत्रभन्दा १५ प्रतिशत बढी हो।

अध्ययनअनुसार सन् १९८४ देखि २०१५ सम्मको अवधिमा यस क्षेत्रमा करिब ३१.३ मिटर बरफको बाक्लोपना घटिसकेको छ। यही क्रम निरन्तर रहे सन् २१०० सम्ममा ४१ प्रतिशत बरफ हराउने प्रक्षेपण गरिएको छ। त्यसैले हिमाल आरोहणलाई व्यवस्थित गर्दै हिमाली पारिस्थितिक प्रणाली जोगाउनुपर्ने सुझाव दिइएको छ।

मानवीय गतिविधिलाई समयमै नियन्त्रण र व्यवस्थित नगरे हिमनदी पग्लिने दर झनै बढ्ने भएकाले दीर्घकालीन संरक्षणका लागि इन्धनको विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्नुपर्ने सुझाइएको छ।

आधारशिविरलाई हालको जोखिमयुक्त स्थानबाट अन्यत्र सारेर सुरक्षित र स्थायी समाधान खोज्नुपर्ने प्रस्ताव अध्ययनले गरेको छ। यसका लागि अध्ययनले दुई वटा विकल्प प्रस्तुत गरेको छ— हाल आधारशिविर रहेको ठाउँबाट दक्षिण–पश्चिममा रहेको स्थिर भूभाग वा नजिकै रहेको गोरेकसेप।

हिमाली पर्यावरण जोगाउन आरोहणलाई व्यवस्थित बनाउनुपर्ने आवाज पर्वतारोहीहरूले पनि उठाउँदै आएका छन्। नेपालका हिमालहरूमा सफाइ अभियान सञ्चालन गर्दै आएका कीर्तिमानी आरोही निर्मल पुर्जाले पनि पटक–पटक हिमालको पारिस्थितिक प्रणाली जोगाउन आग्रह गर्दै आएका थिए।

वार्षिक २०० टन फोहोर

सन् १९९१ देखि सगरमाथा आरोहणका क्रममा सिर्जित फोहोर व्यवस्थापन गर्दै आएको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समितिको तथ्यांकअनुसार यस वर्षमात्रै ९० हजार केजीभन्दा बढी फोहोर जम्मा भएको छ। जसमध्ये आधारशिविरबाट मात्रै ८० हजार ७ सय ५० केजी फोहोर संकलन गरिएको छ।

खुम्बु क्षेत्रमा काम गर्दै आएको अर्को संस्था ‘सगरमाथा नेक्स्ट’ का अनुसार पर्यटकीय सिजनका व्यस्त दिनहरूमा दैनिक ७ सय ९० किलो फोहोर संकलन हुने गर्छ। संस्थाले वार्षिक दुई सय टनसम्म फोहोर संकलन हुने गरेको दाबी गरेको छ।

वार्षिक ८० हजारभन्दा बढी पर्यटक तथा पर्वतारोही खुम्बु क्षेत्र पुग्ने गर्छन्। मानव शरीरको आफ्नै तापक्रमले सिधै हिउँ नपगाले पनि आधारशिविरमा हुने मानिसहरूको ठूलो भिड, उनीहरूले प्रयोग गर्ने इन्धन र गर्ने गतिविधिले भने पर्यावरणमा गम्भीर असर पारिरहेको वैज्ञानिक आधारहरूले पुष्टि गरेका छन्।

मलमूत्रबाट बायोग्यास बनाउने योजना
‘माउन्ट एभरेस्ट बायोग्यास प्रोजेक्ट’ ले सगरमाथामा उत्सर्जन हुने फोहोरलाई चुनौतीपूर्ण वातावरणीय समस्याका रूपमा औंल्याउँदै यसको सही सम्बोधन नभए विकराल रूप लिने चेतावनी दिँदै आएको छ। परियोजनाले विशेष गरी मानव मलमूत्रको प्राविधिक समाधान खोज्ने प्रयास गरिरहेको छ।

सगरमाथाको माथिल्लो भागबाट ल्याइएको मलमूत्र गोरेकसेपमा लगेर विसर्जन गर्दा त्यसले शेर्पा समुदायको स्वास्थ्य र स्थानीय वातावरणमा गम्भीर असर पारिरहेको छ। यस समस्यालाई हल गर्न परियोजनाले ‘बायोग्यास डाइजेस्टर’ स्थापना गरी खुम्बु उपत्यकामा सञ्चालन गर्ने योजना अघि सारेको थियो, जसबाट हिमालमा दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न सकियोस्। ताजा अध्ययनले पनि हिमालमा परम्परागत इन्धन हटाएर सौर्य ऊर्जा र नवीकरणीय ऊर्जाका विकल्पहरू तत्काल अपनाउन जोडदार सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ । पैदलयात्री भने घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौंको थली बस्ने ४० वर्षीय रवि सिम्खडा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दोलालघाटबाट धुलिखेलतर्फ आइरहेको बागमती प्रदेश ०१–०१६ ...
। सरकार र आन्दोलनरत लघुवित्त पीडितहरूबीच बिहीबार सात बुँदे सम्झौता भएको छ । लघुवित्त संस्थाका समस्या समाधान समिति गठन गर्न सरकारले सिफारिस गर्ने, समस्याका परेका लघुवित्त ऋणीहरूको पुनरोत्थानका लागि पुनर्स्थापना कार्यक्रम लगायतका विषयमा सहमति भएको हो । योसँगै लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलनले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ । सम्झौता पत्रमा आन्दोलनका तर्फबाट रेशम ...
: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको वैधानिक रूपान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवाको अनुभव पार्टीका लागि विशेष उपयोगी हुने बताएका हुन्। उपचारका क्रममा हङकङ बस्दै आएका देउवा बिहीबार नेपाल फर्किएका छन्। स्वदेश फर्किएका देउवालाई कांग्रेस नेता तथा ...
। नेपाल आयल निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएको छ । निगमले बिहीबार सूचना जारी गर्दै ३१ असारदेखि बजारमा १४.२ किलोको भरी सिलिन्डर बिक्री वितरण भइरहेको र साविकभन्दा करिब २० प्रतिशत बढी ग्यास आयात र वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज ग्यास नपाएको गुनासो ...
: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबारभित्रै बिक्री कक्ष सञ्चालन गरेको छ । लिमिटेडले सातौं वार्षिकोत्सवको अवसरमा सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालनमा ल्याएको हो । सिंहदरबार बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्घाटन गरेकी थिइन् । बिक्री कक्षमा नेपालमा उत्पादित १४२ प्रकारका खाद्य तथा गैर–खाद्य वस्तुहरू राखिएका छन् । सो अवसरमा उद्योगमन्त्री यादवले उपभोक्ता ...