मुख्य समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु

: रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खदरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार राति करिब ८:३० बजेको समयमा आफ्नै घरमा बसिरहेका लुङ्ग्री गाउँपालिका–१ खदर निवासी ५९ वर्षीय वीरबहादुर खत्रीलाई एक्कासी चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि पाङ स्वास्थ्य चौकी लगिएको थियो। उपचारकै क्रममा राति करिब ९:०० बजे खत्रीको मृत्यु भएको हो।

घटनाबारे प्रहरी चौकी किलाचौर, रोल्पामा जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबारभित्रै बिक्री कक्ष सञ्चालन गरेको छ । लिमिटेडले सातौं वार्षिकोत्सवको अवसरमा सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालनमा ल्याएको हो । सिंहदरबार बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्घाटन गरेकी थिइन् । बिक्री कक्षमा नेपालमा उत्पादित १४२ प्रकारका खाद्य तथा गैर–खाद्य वस्तुहरू राखिएका छन् । सो अवसरमा उद्योगमन्त्री यादवले उपभोक्ता ...
। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बिहीबार साँझ मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख मियाँले उनको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ...
: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आपसी मतभेद,विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलापको मार्ग रोज्न आह्वान गरेका छन्। सिंगापुरमा थप उपचार गरी बिहीबार स्वदेश फर्किएका देउवाले प्रतिशोधको बाटो नभई मेलमिलाप र राष्ट्रिय एकताको मार्ग रोज्न आग्रह गरेका हुन्। स्वदेश फर्किएपछि उनले भने,‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं। प्रतिशोध होइन,मेलमिलापको मार्ग रोजौं। यस्तो नेपाल निर्माण ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । उनले तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै मन्त्रीको सल्लाहकार समूहले पूर्णता पाएको हो । मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेका छन् । यसअघि नै उनले विवेक राज ...
: जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार श्रेष्ठको निवासमा खानतलासी र सञ्चार माध्यमको कार्यालयमा समेत छापा मारिएको घटनाप्रति काउन्सिलले आपत्ति जनाएको हो। काउन्सिलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्युटरलगायतका सामग्री जफत गरिएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको हो। 'सम्पादक ...