मुख्य समाचार
६ घण्टापछि हटाएसँगै मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी पुन: सञ्चालनमा
६ घण्टापछि हटाएसँगै मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी पुन: सञ्चालनमा

: धादिङको थाक्रे गाउँपालिका–६, आठकिलोमा खसेको पहिरो करिब ६ घण्टापछि हटाएसँगै मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी पुन: सञ्चालनमा आएको छ ।

शुक्रबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरोका कारण जोगिमारा, बेनीघाट, मलेखु, गजुरी, गल्छीलगायतका विभिन्न स्थानमा सवारीसाधनहरू रोकिएका थिए।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालका अनुसार चारवटा डोजर प्रयोग गरी पहिरो पन्छाएपछि बिहान करिब ८:०० बजेदेखि सडकमा सवारी आवागमन सुचारु भएको हो।


सडक खुलेसँगै विभिन्न स्थानमा रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बिहीबार साँझ मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख मियाँले उनको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ...
: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आपसी मतभेद,विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलापको मार्ग रोज्न आह्वान गरेका छन्। सिंगापुरमा थप उपचार गरी बिहीबार स्वदेश फर्किएका देउवाले प्रतिशोधको बाटो नभई मेलमिलाप र राष्ट्रिय एकताको मार्ग रोज्न आग्रह गरेका हुन्। स्वदेश फर्किएपछि उनले भने,‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं। प्रतिशोध होइन,मेलमिलापको मार्ग रोजौं। यस्तो नेपाल निर्माण ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । उनले तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै मन्त्रीको सल्लाहकार समूहले पूर्णता पाएको हो । मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेका छन् । यसअघि नै उनले विवेक राज ...
: जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार श्रेष्ठको निवासमा खानतलासी र सञ्चार माध्यमको कार्यालयमा समेत छापा मारिएको घटनाप्रति काउन्सिलले आपत्ति जनाएको हो। काउन्सिलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्युटरलगायतका सामग्री जफत गरिएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको हो। 'सम्पादक ...
। सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारको कामकारबाहीका विषयमा गम्भीर प्रश्न सोधेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहँदा पनि सोच्ने बेला भएको छैन? भन्दै प्रश्न गरेका हुन्। उनले लेखेका छन्, ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भैरहेको छ? सोच्ने बेला भएको छैन ...