मुख्य समाचार
एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी) को तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ घोषणा
एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी) को तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ घोषणा

। एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी) को तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ घोषणा गरिएको छ ।

लिग आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका रूपमा घोषणा गरेको हो । नयाँ टोलीको प्रवेशसँगै व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँच थप विस्तार हुने आयोजकको विश्वास छ ।

सुदूरपश्चिम रोयल वारियर्सको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र कुमार भण्डारीको रहेको छ ।

आयोजकका अनुसार फ्रेन्चाइजले सुदूरपश्चिमको भलिबल प्रतिभा र खेलकुद क्षमतालाई प्रतिनिधित्व गर्नेछ । विशेषगरी ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित क्षेत्रका महिला खेलाडीलाई पहिचान गरी व्यावसायिक मञ्च प्रदान गर्ने लक्ष्य टोलीले लिएको छ ।


स्वामित्व समूहका तर्फबाट सञ्जीप शाहीले सुदूरपश्चिममा भलिबलप्रति ठूलो आकर्षण र प्रतिभा भए पनि महिला भलिबलको व्यावसायिक लिगमा यस क्षेत्रको आफ्नै फ्रेन्चाइज टोली नरहेको बताए ।

‘सुदूरपश्चिम रोयल वारियर्समार्फत हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ । ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडी पहिचान र विकास गर्दै उनीहरूलाई व्यावसायिक मञ्च र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने हाम्रो लक्ष्य हो’ शाहीले भने।

उनका अनुसार सुदूरपश्चिमको पहिचान र क्षमतालाई प्रतिनिधित्व गर्ने टोली निर्माण गर्दै युवा महिलाका लागि भलिबलमार्फत अर्थपूर्ण अवसर सिर्जना गर्ने उद्देश्य रहेको छ ।

एभरेस्ट महिला भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल वारियर्सलाई स्वागत गर्न पाउँदा गौरवान्वित भएको बताइन् ।

‘ईडब्लूभीको सुरुवातदेखि नै सुदूरपश्चिमका उत्साही भलिबलप्रेमी दर्शकमाझ पुग्ने र यस क्षेत्रमा भलिबल खेलको विकासमा रहेको महत्वपूर्ण योगदानलाई सम्मान गर्दै यस क्षेत्रलाई लिगसँग जोड्ने हाम्रो परिकल्पना रहँदै आएको छ,’ उनले भनिन् ।

उनले नयाँ स्वामित्व समूहको आगमनसँगै लिगको राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउँदै सुदूरपश्चिमलाई महिला भलिबलको व्यावसायिक संरचनासँग अझ नजिकबाट जोड्ने बताइन् ।

आयोजकले एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करणलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ। लिगका सम्बन्धमा आगामी दिनमा थप घोषणा गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम